मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   

नेपाल र अमेरिकाबीच दौत्य सम्बन्धको अवसरमा कोलोराडोमा ७५ औँ वर्षगाँठ मनाइँदै

नेपाल र अमेरिकाबीच दौत्य सम्बन्धको अवसरमा कोलोराडोमा ७५ औँ वर्षगाँठ मनाइँदै

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध सुरू भएको ७५ औं वर्ष पुगेको खुसियालीमा नेपाल र अमेरिकाका उच्च पदाधिकारीहरुको उपस्थितिमा विभिन्न कार्यक्रमका साथ कोलोराडोमा ७५ औँ वर्ष गाँठ धूमधामका साथ मनाउन लागिएको छ ।

कोलोराडोको लङमन्ट स्थित बोल्डर काउन्टी फेयर ग्राउण्डमा (9595 Nelson Road Longmont, Co 80501) आगामी सेक्टेम्बर १ र २ तारिकका दिन बिभिन्न शैक्षिक, सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ ७५ औं बर्षगाठ मनाउन लागिएको हो ।

हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा आयोजना गर्न लागिएको कार्यक्रमलाई भब्यताकासाथ सफलपार्न ३ सदस्सिय मुल आयोजक समिती गठन गरिएको छ । यसरी गठन गरिएको समितीका सदस्यहरुमा हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, बुद्धीजिवी तथा समाजसेवीहरु द्धय डा. विजयराज शर्मा र नविन दत्त रहेका छन् । यसैगरी कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदाय बिच कृयाशिल डेढ दर्जनभन्दा बढि संघ संस्थाहरु, नेपाली सोसाइटी टेक्सास र बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरीका कार्यक्रमको आयोजक रहेका छन् ।

कार्यक्रम स्थलमा नेपाली खाना, नेपाली हस्तकला र संघ संस्थाहरुको स्टलको नेतृत्व सुनन्दा डंगोलले गर्ने छिन् । त्यस्तै कार्यक्रमलाई ब्यबस्थित बनाउन १ सय भन्दा बढि भोलेन्टियर खटिने छन् । भोलेन्टरको नेतृत्व तथा परिचालन एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकास पौडेलले गर्नेछन् । यसैगरी कार्यक्रम स्थलमा चाहिने सर सामान तथा यतायतका साधनको ब्यबस्थापन एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष बासुदेव खनालले गर्ने छन् ।

त्यसैगरी सोही अवसरमा कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल एम्बेसीले कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ । सेक्टेम्बर २ देखी ५ तारिक सम्म ( Drury Inn and Suites 10393 Reed Street, Westminster Co. 80021) संचालन हुने कन्सुलर सेवा शिविरमा राहदानी नविकरण , एनआरएन कार्ड बनाउने र नेपाल भ्रमणमा जान चाहनेलाई भिषा प्रदानगर्ने जस्ता बिभिन्न सुबिधा लिन सकिने नेपाल एम्बेसीले जनाएको छ । यस कार्यक्रमको नेनृत्व एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष आरसी पन्त, बर्तमान अध्यक्ष प्रकास पौडेल र नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले गर्ने छन् ।

कार्यक्रम बिहान ९ बजेदेखी ५ बजेसम्म संचालन हुनेछ । त्यस्तै कार्यक्रममा संभव भएसम्म ब्लड डोनेसन क्याम्प लगायत अन्य बिभिन्न कार्यक्रमहरु संचालनकोलागी पहल गर्नेकाम भईरहेको मुल समितीका सदस्य नविन दत्तले बताएका छन् ।

मातृभुमी नेपाल र कर्मभुमी अमेरीका बिच सम्बन्ध बिस्तार भएको ७५ औं बर्ष पुगेको खुसियालीमा सम्पन्न हुनलागेको यस महत्वपुर्ण कार्यक्रमलाई सब्य र भब्यताका साथ सफलपार्न आ आफ्नो क्षेत्रबाट यथासक्य सहयोग गरि दिनुहुन आयोजक समितीले सबैलाई अनुरोध गरेको छ । कार्यक्रममा सहभागी हुन सबैलाई पत्र पठाउन संभव नभएको हुनाले यसै लाई आधारमानी कोलोराडो वा कोलोराडो बाहिर रहनु भएका नेपाली भाषी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु समेत नविन दत्तले अनुरोध गरेका छन् ।