मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ड्यालस एभरेष्ट लायन्स क्लबमा भण्डारीको नेतृत्व

ड्यालस एभरेष्ट लायन्स क्लबमा भण्डारीको नेतृत्व


ड्यालस (टेक्सस) । ड्यालस एभरेष्ट लायन्स क्लबका नयाँ पदाधिकारीहरुको पदस्थापना कार्यक्रम शनिबार अर्भिङ्गमा सम्पन्न भएको छ ।

सन् २०२३-२४ का लागि चयन भएका नयाँ पदाधिकारीहरुले शपथ सहित पदभार ग्रहण गरेका हुन् । यो वर्षका लागि इन्जिनियर सूर्यनाथ भण्डारीको अध्यक्षतामा ड्यालस एभरेष्ट लायन्स क्लबको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ ।

क्लबका नयाँ पदाधिकारीहरुका प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, टेल ट्विष्टर, ट्यामरमा क्रमशः केदार बराल, बसन्त पन्त, रुद्रमणि खतिवडा, सिर्जना बराल, रामकृष्ण सेढाई र जीत क्षेत्री चयन भएका छन् । क्लबका पुर्ब अध्यक्ष पदेन निवर्तमान अध्यक्ष पदमा रहने प्रावधान अनुसार डा. विष्णुमायाँ उपाध्याय निवर्तमान अध्यक्षमा रहनुभएको छ ।

त्यस्तै डाइरेक्टरहरुमा सुरेश बस्याल, मिना क्षेत्री, मनिषा पौडेल, गंगा भट्टराई, डा. लक्ष्मी अधिकारी पौडेल, संगीता तिवारी पन्त, विमला बजगाई अञ्जु बेलबासे रहनुभएको छ ।

त्यस्तै विनय उपाध्यायको नेतृत्वमा लियो क्लबको नयाँ नेतृत्व पनि चयन भएर पदस्थापना सम्पन्न भएको छ ।

 

लियो क्लबका पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा साजन बराल, द्वितीय उपाध्यक्षमा कशिष पन्त, सचिवमा सुप्रिम शर्मा, कोषाध्यक्षमा ओमकार ढकाल छन् । त्यस्तै डाइरेक्टरहरुमा आभा श्रेष्ठ, अनमोल भण्डारी, अभिनाष आयुस सुवेदी, सिद्धिदात्री विष्ट, श्रेया पोखरेल, सिर्जन शर्मा र सुविद गौतम छन् ।