मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
राजनीति-समाज   

जनसम्पर्कको समस्या छिट्टै समाधान हुन्छः नेता गिरी

जनसम्पर्कको समस्या छिट्टै समाधान हुन्छः नेता गिरी


टेक्सस (अमेरिका) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दिपक गिरीले प्रवासका नेपाली कांग्रेसका कार्यकर्ताहरुमा देखिएको विवाद चाँडै समाधान हुने आश्वासन दिएका छन् ।

आइतबार टेक्ससको ड्यालसमा जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा गिरीले केन्द्रमा चाँडै विभाग गठन हुने प्रकृयामा रहेकोले जनसम्पर्क भित्रको विवाद विभाग गठनसँगै साम्य हुने बताए ।

अमेरिकामा नौ वर्ष अघि सन् २०१४ मा जनसम्पर्क समितिको निर्वाचन भएपछि नयाँ नेतृत्व चयन हुन सकेको छैन । गिरीले गैर आवासीय नेपालीहरुले प्राप्त गर्ने नागरिकताको सम्बन्धमा नियमावली बन्ने क्रममा रहेको र त्यसलाई व्यबहारिक बनाउने पक्षमा आफ्नो धारणा रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा जनसम्पर्क समितिका केन्द्रीय सदस्य हरिबोल भण्डारीले कतिपय सन्दर्भमा पार्टीले हस्तक्षेप गर्नुपर्ने ठाउँमा मौन बस्ने र कतिपय हस्तक्षेप गर्न आवश्यक नभएको ठाउँमा अग्रसर हुँदा प्रवासका कार्यकर्ताहरुमा द्विविधा हुने गरेको उल्लेख गर्दै सधैभरि त्यस्तो भएमा प्रवासमा कांग्रेसको संगठन अप्ठेरोमा पुग्ने तर्फ सचेत गराए ।

आउँदो एनआरएनको चुनावमा पार्टीले निकै बुद्धिमत्तपूर्ण निर्णय लिनुपर्ने सुझाव समेत भण्डारीले दिए ।

कार्यक्रममा जनसम्पर्क समिति डिएफडब्लुका सभापति ज्ञानेन्द्र कार्की, पूर्ब अध्यक्ष विष्णु सुवेदी, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिका सचिव प्रविण गुरुङ्ग, सुभेन्द्र रानाभाट, सुन्दर कर्माचार्य, खड्ग उप्रेती लगायतले केन्द्रीय सदस्य गिरीसँग सरकार, पार्टीका सम्बन्धका जिज्ञासा राखेका थिए ।