अमेरिका समाचार

चालिस विद्यार्थी दीक्षित

चालिस विद्यार्थी दीक्षित


फोर्टवर्थ (टेक्सस)- अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थ सिटीमा नेपाली दिदीबहिनीले सन्चालन गरेको दिभास फाउण्डेशनले अभिभावक दिवसको कार्यक्रम आयोजना गरेको छ।

त्यस अवसरमा दुई महिना अघिदेखि संचालन गरेको समर कक्षामा करिब ४० नेपाली विद्यार्थीहरुलाई दीक्षित समेत गरिएको छ । दुईसयको हाराहारी सदस्य रहेको यस सस्थाको उधेस्य भनेको नेपाली भाषा , नेपाली संस्कृति सिकाउनु, महिला सशक्तीकरण, सीपमूलक तालिमको व्यवस्था, रोजगारीको सिर्जना, दुःख पाएकालाई सहयोग गर्ने, नेपालबाट अध्यनका लागि आउने चेलीबेटीलाई सकेसम्म सहयोग गर्ने संस्थाको मुख्य कार्य रहेको संस्थाका सदस्यहरुले बताएका छन।

कार्यक्रमको अध्यक्ष लक्ष्मी भण्डारीको सभापतित्व गरेकी थिइन भने बिनिमा सुबेदीले क्रार्यक्रमको संचालन गरेकी थिइन। उपाध्यक्ष बिर्ती रिसाल, सचिव मिता कार्की र सहसचिवमा अजिता कँडेल, फाउडिङ मेम्बर रिमा पौडेल , भगवती चालिसे,सत्या सापकोटा यस कार्यक्रमलाई ससक्त बनाउन उतिकै भुमिका खेलेका थिए ।

Advertisement

नेपाली मन्दिरको हलमा गरिएको उक्त कार्यक्रममा समाजका समाजका विशिष्ट ब्यक्तिहरुलाइ निमन्त्रणा गरिएको थियो। प्रमुख अथितीमा समाजसेवी एबम सफल व्यवसायी यमुना भट्टराई थिइन भने युलेस काउन्सिल सदस्य टिका पौडेल , नेपाल अमेरिका पत्रकार ( नेजा) का अध्यक्ष सुरज भण्डारी ,मन्दिरका बोर्ड अफ ट्रष्टी अध्यक्ष रमेश पोख्रेल , एनएसटीका उपाध्यक्ष जनक भण्डारी, टेक्सास चेप्टरका अध्यक्ष, सफल युवा ब्यबसाही ओजेस उप्रेती,रन्जन राना लगायत पत्रकार , बुद्धिजीवीबर्गको सहभागिता रहेको थियो ।

सस्थाको गरेका काम र आगामी दिनमा गर्ने कामको बारेमा बिनिमा सुबेदीले बताएकी थिइन भने मन्तब्यको क्रममा यमुना भट्टराई , र टीका पौडेलले यस सस्थालाइ आफुहरुले सक्दो सहयोग गर्ने बचन दिएका थिए ।
यस्तै नेजाका अध्यक्ष सुरज भण्डारीले यो सस्थाले गरेका कामको प्रसंशा गर्दै नेपाली दिदिबहिनीहरुले गरेको काम प्रति आफुले भरपुर सहयोग गर्ने जानकारी गराएका थिए ।

विभिन्न भेषभुषामा सजिएका स साना बालबालिकाहरुले नेपाली गितहरुमा नाचेर दर्शकलाई भरपुर मनोरञ्जन गराउदै, नेपालका पर्यटकीय स्थल लुम्बिनी , चितवन निकुञ्ज , बौद्ध स्तुपाको बर्णन गर्दै अमेरिका बाट नेपाल जादा घुम्नको लागी दर्शकहरुसग अनुरोध गरेर मन जितेका थिए । सपना महर्जन र रिजा काफ्लेले कार्यक्रम संचालनमा महत्त्वपूर्ण भुमिका खेलेका थिए।

शेयर गर्नुहोस:

1.5k
Shares