मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए, मासाच्युसेट्स च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

एनआरएनए, मासाच्युसेट्स च्याप्टरको पदस्थापन कार्यक्रम सम्पन्न

पाँच जना सल्लाहकारमा मनोनित

सुपेन्द्र बस्नेत / हिमालयखबर बोस्टन

अमेरिका- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट मासाच्युसेट्स च्याप्टरका लागि नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम यही अगष्ट ५ तारिख सनिवारका दिन एनआरएनए, एनसिसि, अमेरिकाका केन्द्रीय उपाध्यक्ष प्रेम तामाङको प्रमुख आतिथ्यता तथा च्याप्टर अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

केन्द्रीय उपाध्यक्ष तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथि तामाङले संस्थाको दुइ वर्षीय कार्यकाल(२०२३-२५)का लागि निर्वाचित हुनेहरुलाई संस्थाको विधान अनुसार सपथ गराएका थिए। च्याप्टरकी सचिव सलोनी भण्डारीले सञ्चालन गरेको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तामाङले च्याप्टरको सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित हुन सफल भएकोप्रति गर्व गर्दै सम्पूर्ण च्याप्टर परिवारलाई बधाई तथा कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए। यसै बिच, उनले नवनिर्वाचित केन्द्रीय अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले सम्पूर्णलाई बधाई तथा शुभकामना सन्देश पाठाएको जानकारी गराउदै बधाई तथा शुभकामना सन्देश पढेर सुनाएका थिए।

पूर्व कोषाध्यक्ष अजय कुशवाहाले नवनिर्वाचित कोषाध्यक्ष समुन्द्र कुमार श्रेष्ठलाई पदीय जिम्मेवारी हस्तान्तरण गर्दै
पूर्व कोषाध्यक्ष अजय कुशवाहाले नवनिर्वाचित कोषाध्यक्ष समुन्द्र कुमार श्रेष्ठलाई पदीय जिम्मेवारी हस्तान्तरण गर्दै

पदस्थापन कार्यक्रम सम्पन्न भए लगतै नवनिर्वाचित अध्यक्ष प्रचण्ड श्रेष्ठको अध्यक्षतामा च्याप्टरको पहिलो बैठक समेत बसेको थियो। बैठकले मिन गुरुङ, चन्द्र बहादुर मल्ल, जालप्रसाद घिमिरे, प्रकाश अधिकारी र जुनी गुरुङलाई सल्लाहकार समितिमा मनोनीत गरेको छ। यसै गरी, पहिलो बैठकले संस्थाको अधिवेशनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रजहरु, सदस्यहरु, पूर्व कार्यसमिति, सहयोगी तथा सुभचिन्तकहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ।

पूर्व सचिव प्रचण्ड श्रेष्ठले नवनिर्वाचित सचिव सलोनी भण्डारीलाई पदीय जिम्मेवारी हस्तान्तरण गर्दै ।
पूर्व सचिव प्रचण्ड श्रेष्ठले नवनिर्वाचित सचिव सलोनी भण्डारीलाई पदीय जिम्मेवारी हस्तान्तरण गर्दै ।

यसै बिच, पूर्व कार्यसमितिका सचिव प्रचण्ड श्रेष्ठले नवनिर्वाचित सचिव सलोनी भण्डारीलाई बैठक पुस्तिका र पूर्व कार्यसमितिका कोषाध्यक्ष अजय कुशवाहाले नवनिर्वाचित कोषाध्यक्ष समुन्द्र कुमर श्रेष्ठलाई कोषसंग सम्बन्धित कागजातहरु प्रदान गर्दै आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए।

गत जुलाई २२ र २३ तारिख (सनिवार र आइतवार) सम्पन्न निर्वाचनबाट मासाच्युसेट्स च्याप्टरका सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित हुन सफल भएको थियो। जस अनुसार, अध्यक्ष पदमा प्रचण्ड श्रेष्ठ, उपाध्यक्षमा खुम गुरुङ(राजु), महिला उपाध्यक्षमा जमुना श्रेष्ठ, सचिवमा सलोनी भण्डारी, कोषाध्यक्षमा समुन्द्र कुमार श्रेष्ठ, महिला सचिवमा स्नेहा पन्थी, युवा संयोजक पदमा मुकुन्द पोखरेल र महिला संयोजक पदमा सुनिता केसी अधिकारी निर्वाचित भएका थिए भने, सदस्य पदमा लगि दिपेन्द्र सुबेदी, नबराज जमकटेल, सुरेन्द्र भट्टराई, स्कन्द यादव, इमान थिङ, नित्या शर्मा र सुधा गुरुङ निर्वाचित भएका थिए।