मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको कार्यसमितीमा उपाध्यक्ष सहित बिभिन्न ६ जना चयन

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको कार्यसमितीमा उपाध्यक्ष सहित बिभिन्न ६ जना चयन

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरीका- कोलोराडोको सबै भन्दा पुरानो नेपाली भाषीहरुको सामाजिक संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको हालै सम्पन्न कार्यसमितीको बैठकले एक उपाध्यक्ष सहित बिभिन्न ६ पदाधिकारीहरू चयन गरि कार्यसमितीमा रहेको रिक्त पदहरू परिपुर्ति गरेको छ ।

गत मार्चमा सम्पन्न चुनावमा कसैको पनि उमेद्वारी नपरेपछि कार्यसमितीको बैठकले सर्वसम्मत रूपमा रिक्तपदहरू परिपुर्ति गरेको हो । यसरी चयन हुने पदाधिकारीहरूमा क्रमश बिकाश त्रीपाठी उपाध्यक्ष, निशा पाठक कल्चर सेक्रेटरी, हरि गुरूङ युथ कार्डिनेटर, रमिता तुलाधर, रबिन्द्र श्रेष्ठ र सन्तेष गुप्ता गरी ३ जना बोर्डअफ डिरेक्टर रहेका निवर्तमान अध्यक्ष टिका पोडेलले बताएका छन् ।

निर्वाचनबाट निर्विरोध रूपमा अध्यक्ष, महासचिव, कोषाध्यक्षमा क्रमश अर्जुन बगाले, अकृती अधिकारी र नुरहरी पोख्रेल चयन भएका थिए । त्यसैगरी अन्य पदधिकारीहरूमा पब्लिक रिलेशन अफिसरमा तेजप्रसाद ढकाल, टेक्निकल अफिशरमा प्रकाश घनानी, महिला कार्डिनेटरमा शुनिता अधिकारी चयन भएका थिए भने, संस्थाको बोर्डअफ डिरेक्टरहरूमा क्रमश रैवतराज पोडेल, यसोदा भट्ट, मिलन कोइराला, नरेश बिक र देव अधिकारी चयन भएका थिए ।

संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका लागी दशैं, समर पिकनिक, नयां बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । सोही क्रममा यही जुलाई १५ तारिक शनीबारका दिन समर पिकनिक कार्यक्रमको आयोजना गर्न लागेको छ । पिकनिक कार्यक्रममा कोलोराडोे निवासी सबैलाइ उपस्थितीको लागी अनुरोध गरिएको छ ।