मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
बोस्टन   
मुख्य समाचार   

एनआरएनए, एनसिसिको निर्वाचन : अनिवार्य रुपमा नियमावली अनुसार नै गर्न आइसिसिको निर्देशन

एनआरएनए, एनसिसिको निर्वाचन : अनिवार्य रुपमा नियमावली अनुसार नै गर्न आइसिसिको निर्देशन


गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसिसि)ले आफ्ना राष्ट्रिय समन्वय परिषदहरुलाई आशन्न निर्वाचन अनिवार्य रुपमा संस्थाको ‘अधिवेशन तथा निर्वाचन नियमावली’ अनुसार गर्न निर्देशन गरेको छ। निर्वाचन प्रक्रियाका बारेमा व्यापक शंका उब्जाउदै प्रश्नहरु उठिरहेका कारण आइसिसिका कार्यकारी अध्यक्ष डाक्टर बद्री केसीले एनसिसिका अध्यक्षहरु तथा क्षेत्रीय संयोजकहरुलाई निर्देशनात्मक पत्राचार गरेका हुन्।

उनले जुलाइ ५ तारिख बुधवारका दिन ‘अनलाइन भोटिङ कम्पनीको आवश्यकताको बारेमा जानकारी पठाउने सम्बन्धमा ‘ पत्राचार गर्दै यस्तो निर्देशन गरेका हुन्।उक्त पत्रमा उनले लेखेका छन्, ‘गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिहरुको अधिवेशन तथा निर्वाचन नियमावली अनुसार निर्वाचन भौतिक रुपमा अथवा फेसिएल भेरिफिकेशनसहित अनलाइन मार्फत गर्नु पर्ने अनिवार्य व्यहोरा जानकारी गरिन्छ। फेसियल भेरिफिकेशनसहित अनलाइन मार्फत गर्नु पर्ने समन्वय परिषदहरुले स्वयंले उक्त व्यवस्था गर्ने अथवा केन्द्रले व्यवस्था गरेको कम्पनी मार्फत चुनाव गराउनु पर्नेछ।’

फेसियल भेरिफिकेश मार्फत निर्वाचन गराउन विभिन्न कम्पनीहरुसंग अन्तरक्रिया गरिएको र अष्ट्रेलियाको भेरो भोटिङ(VERO VOTING ) कम्पनीसंगको वार्ता अन्तिम चरणमा पुगेको समेत अध्यक्ष केसीले जानकारी गराएका छन्। उक्त कम्पनी मार्फत निर्वाचन गर्न चाहने राष्ट्रिय समन्वय समितिहरुले निर्वाचन हुने मिति भन्दा १५ दिन अगाडि नै जानकारी पठाउनु पर्ने र सो सेवा लिए बापतको शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषदले नै व्यहोर्नु पर्ने व्यहोरा पत्राचारमा उल्लेख छ।

अमेरिकामा यही जुलाई २२ र २३ तारिख(शनिवार र आइतवार) हुन गइरहेको एनसिसिको निर्वाचन मिति नजिकै गर्दा आशन्न निर्वाचन फेसियल भेरिफिकेशन प्रक्रियाबाटै सम्पन्न गर्नु पर्ने चौतर्फी जोडदार माग उठिरहेको छ। यस सम्बन्धमा आशन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्याशी डाक्टर बन्जाडेसहितका समर्थकहरुले जुलाई ४ तारिख मंगलवार प्रेस विज्ञप्ति नै जारी गरेर फेसियल भेरिफिकेशनकै प्रक्रिया अपनाएर निर्वाचन सम्पन्न गर्न जोडदार माग गरेका छन्।

उनिहरुले फेस भेरिफिकेशन बाहेक अन्य प्रकृयाबाट गरिने निर्वाचन निश्पक्ष नहुने साथै एनआरएनए आईसिसिको नियामावली बिपरित पनि हुने जिकीर गर्दै त्यस्तो कार्य नगरी फेस भेरिफिकेशनको माध्यमबाट नै निर्वाचन गर्न अनुरोध गरेका छन्। उनिहरुले त्यसो नगरे आफूहरु निर्वाचन प्रक्रियाबाटै बाहरिने चेतावनी समेत दिएका थिए।

एनआरएनए, आइसिसिका कार्यकारी अध्यक्ष डाक्टर केसीले राष्ट्रिय समन्वय परिषदहरु र क्षेत्रीय संयोजकहरुलाई सम्बोधन गरेर लेखेको पत्र यस्तो छ:

आदरणीय राष्ट्रिय समन्वय समितिका अध्यक्ष्यज्यूहरु,

सबै क्षेत्रका क्षेत्रीय संयोजकज्यूहरु,

नमस्कार !

गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिहरुको अधिवेशन तथा निर्वाचन नियमावली अनुसार निर्वाचन भौतिक रुपमा अथवा फेसिएल भेरिफिकेशनसहित अनलाइन मार्फत गर्नु पर्ने अनिवार्य व्यहोरा जानकारी गरिन्छ। फेसिएल भेरिफिकेशनसहित अनलाइन मार्फत गर्नु पर्ने राष्ट्रिय समन्वय परिषदहरुले स्वयम् उक्त व्यवस्था गर्ने अथवा केन्द्रले व्यवस्था गरेको कम्पनी मार्फत चुनाव गराउनु पर्नेछ।

हाल केन्द्रले बिभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरसंग अन्तरक्रिया गरी अष्ट्रेलियाको VERO VOTING कम्पनीसंग अन्तिम् चरणको वार्तामा रहेको जानकारी गरिन्छ।

उक्त कम्पनीले फेसिएल भेरिफिकेसनसहित अन्तर्राष्ट्रिय स्तरको GDPR कम्प्लाइन्स पालना गरि निर्वाचन गराउने तथा संसारको प्राय सबै देशहरुमा निर्वाचन सम्पन्न गरेको अनुभव बटुलेको जानकारीमा छ। VERO VOTING संग राष्ट्रिय समन्वय परिषद अन्तर्गतका क्षेत्रीय समितिहरुलगायत अन्य निर्वाचन पनि एकै साथ सम्पन्न गर्न सकिने क्षमता भएको जानकारी गरिन्छ।

तसर्थ, केन्द्रको समन्वयमा फेसिएल भेरिफिकेसनसहित अनलाइन मार्फत निर्वाचन गराउनुहुने राष्ट्रिय समन्वय परिषदहरुले केन्द्रमा तुरुन्त जानकारी पठाउन अनुरोध गरिन्छ। उक्त भोटिंग कम्पनीसंग राष्ट्रिय समन्वय समितिहरुका आवश्यकता अनुसार एकमुष्ठ रुपमा सम्झौता गरिने जानकारी गरिन्छ। केन्द्रमा निर्वाचनको कम्तिमा १५ दिन पहिले जानकारी पठाएमा मात्र अनलाइन मार्फत चुनाव हुन सक्ने व्यहोरा पनि अवगत गरिन्छ।

Vero voting कम्पनीको जानकारी तथा चुनाव शुल्क यसै साथ पठाएका छौं। चुनाव शुल्क प्रत्येक राष्ट्रिय समन्वय समितिले आफैले व्यहोर्नु पर्नेछ।

सबै क्षेत्रका क्षेत्रीय संयोजकज्यूहरुलाई समयमानै राष्ट्रिय समन्वय परिषदसंग समन्वय गरि निर्वाचन सम्बन्धी जानकारी गराउनु हुन अनुरोध छ।

With best regards,

Dr. Badri K.C.
EXECUTIVE PRESIDENT
Non Resident Nepali Association