मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
बोस्टन   
मुख्य समाचार   

फेस रिडिंग बिनाको चुनाव स्वीकार्य नहुने

फेस रिडिंग बिनाको चुनाव स्वीकार्य नहुने


अमेरिका- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आशन्न निर्वाचन फेस रिडिङसहितको निर्वाचन प्रक्रिया अपनाएर सम्पन्न गर्नु पर्ने जोडदार माग उठेको छ। फेस रिडिङरहित निर्वाचन प्रक्रिया आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने भन्दै संघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा आशन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रत्याशी डा. अर्जुन बन्जाडेसहित समर्थकहरुले जोडदार आवाज उठाएका छन्।

यस सम्बन्धमा उनिहरुले निर्वाचन समितिको गतिविधिहरु आशन्न निर्वाचनमा मतदाताको फेस भेरिफिकेशन गर्ने निर्वाचन प्रक्रिया अवलम्बन नगरी विगतकै झै निर्वाचन प्रक्रिया अपनाएर कर्मकाण्डी रुपमा निर्वाचन सम्पन्न गर्ने तिर उन्मुख भैरहेको भन्दै आशंका व्यक्त गरेका छन्।

विगतमा अपनाइएको निर्वाचन प्रणाली निश्पक्ष, धादलिरहीत र विश्वसनीय हुन नसकेको भन्ने आरोपलाई चिर्न, संघले यस वर्षदेखि सदस्यता वितरणदेखि नै एमआइएस प्रणाली लागू गरेकाले, निर्वाचन पनि सोही प्रक्रिया अपनाएर नै सम्पन्न गर्नु पर्ने भन्दै एमआइएस प्रणाली पक्षधरहरुले जोडदार माग गरेका छन्। यस सम्बन्धमा डा.बन्जाडे र उनका समर्थकहरुले जुलाई ४ तारिख मंगलवारका दिन प्रेस विज्ञप्ति नै जारी गरेर सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।

उनीहरुले फेस भेरिफिकेशन प्रक्रियाबाट निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिलाई प्रेस विज्ञप्ति मार्फत अनुरोध समेत गरेका छन्। जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्पुर्ण सदस्यहरूको फेस भेरिफिकेशन बाहेक अन्य प्रकृयाबाट गरिने निर्वाचन निश्पक्ष नहुने साथै एनआरएनए आईसिसिको नियामावली बिपरित हुने हुँदा, यस्ता कार्य नगर्नु हुन साथै फेस भरिफिकेशनको माध्यम बाट निर्बाचन गर्नुहुन यसै बिज्ञाप्ति मार्फत अनुरोध गर्दछौ।’ अध्यक्ष पदका लागि प्रत्याशी डाक्टर बन्जाडेसहितका समर्थकहरुले फेस भेरिफिकेशन नगरिएको निर्वाचनामा आफूहरुको सहभागिता नरहने समेत स्पस्ट चेतावनी दिएका छन्।

निर्वाचन प्रक्रियामा एमआइएस प्रणाली अन्तर्गतको फेस भेरिफिकेशन प्रक्रिया अवलम्बन गरिनु पर्दछ भन्दै प्रेस विज्ञप्ति जारी गर्नेहरुमा संघको अन्तराष्ट्रिय समितीको तर्फबाटराजन त्रिपाठी(सचिव),शंकर खडका(सचिव), प्रमोद सिटौला (सचिव), सुनिल साह(कोषाध्यक्ष), प्रकाश सापकोटा(अमेरिकाज क्षेत्रीय संयोजक), पशुपति पाण्डे (अमेरिकाज क्षेत्रीय सह संयोजक), पुरूषोतम बोहोरा(अमेरिकाज क्षेत्रीय सह संयोजक), संन्जय थापा(आईसिसि सदस्य) रहेका छन् भने, एनसिसि अमेरिकाको तर्फबाट डाक्टर अर्जुन बन्जाडे(पूर्व उपाध्यक्ष तथा आशन्न निर्वाचनमा अध्यक्ष पदका लागि प्रत्यासी), कृण्ण जीबी पन्थ(वर्तमान वरिष्ठ उपाध्यक्ष), बिकास उप्रेती(वर्तमान उपाध्यक्ष तथा आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यासी), गोपेन्द्र भट्टराई (वर्तमान उपाध्यक्ष तथा आगामी निर्वाचनमा महासचिव पदका लागि प्रत्यासी), राजन पन्त (निवर्तमान भेरिभिकेशन समितिका संयोजक),सि पि पौडेल, तिलक केसीलगायत रहेका छन्।

विज्ञप्तिको पूर्ण पाठ यस प्रकार रहेको छ:

प्रेस बिज्ञप्ती !
आदरणिय अमेरिकावासी दाजुभाई तथा दिदीबहिनीहरु
तथा पत्रकार साथीहरु !
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन निकट भविश्यमा हुन गईरहेको यहाँहरुलाई सर्व बिधितै छ। बिगतमा गरिएका सदस्यता बितरण एवं निर्वाचन प्रक्रियाहरू निश्पक्ष नभएको भनेर बिभिन्न आरोप तथा मुद्दा खेपिरहेको एनआरएनए , अमेरिकाले यस पटक भने एमआईएस सिस्टमबाट सदस्यता बितरणसंगै निष्पक्ष निर्वाचनको आधार तयार हुनेमा सम्पुर्ण सदस्यहरूमा थप उत्साह र संस्थाप्रति भरोशा बढेको थियो। सम्पूर्ण सदस्यहरूले आफ्नो फेस भेरीफिकेशन सेल्फी मार्फत सदस्यता बनेका र सोहि प्रकृया अनुसार नै मतदान हुनेमा सम्पूर्ण सदस्यहरु बिश्वस्त थिए। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको (आईसिसि) अधिवेशन सञ्चालन कार्यविधिमा निर्वाचनको प्रक्रियामा फेस भेरिफिकेशन अनिवार्य हुनु पर्ने नियमबाट झनै निश्पक्ष निर्वाचनको बिश्वसनियता बढेको थियो।

अहिले निर्वाचनको मिति नजिकिदै गर्दा र्वतमान एनसिसि, अमेरीकाको निर्वाचन समितिको गतिविधि हेर्दा कतै यो निर्वाचन समिति पुरानै तरिकाको निर्वाचन गराउने तर्फ उद्धत भएको त होईन भन्नेमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पटक पटक एनआरएन, आईसिसिको निर्देशन बिपरित निर्वाचन प्रमुख आयुक्तको अन्तर्वाता साथै फेस रिडिङ सम्बन्धी भेन्डरको व्यबस्थापनमा कुनै चासो नदेखाएको बाट थप शंका पैदा गरेको छ। त्यसैले सम्पूर्ण सदस्यहरूको फेस भेरिफिकेशन बाहेक अन्य प्रक्रियाबाट गरिने निर्वाचन निश्पक्ष नहुने साथै एनआरएनए आईसिसिको नियामावली बिपरित हुने हुँदा, यस्ता कार्य नगर्नु हुन साथै फेस भरिफिकेशनको माध्यमबाट निर्वाचन गर्नुहुन यसै बिज्ञाप्ति मार्फत अनुरोध गर्दछौं।

अन्तमा, एनआरएनए, आईसिसिको निर्देशन अनुसार निर्वाचन गर्नुहुन हामी यस क्षेत्रका आईसिसिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा एनसिसि, अमेरिकाका उम्मेदवारहरु फेस भेरिफिकेशन नगरिएको निर्वाचना हाम्रो सहभागिता नहुने जानकारीसहित यो विज्ञप्ति जारी गरेका छौं। निश्पक्ष निर्वाचनको आधार फेस रिडिङ मात्र भएको जानकारी समेत गराउदछौं।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समितीको तर्फबाट:
१)राजन त्रिपाठी – सचिव
२)शंकर खडका – सचिव
३)प्रमोद सिटौला – सचिव
४)सुनिल साह – कोषाध्यक्ष
५)प्रकाश सापकोटा – अमेरिकाज क्षेत्रीय संयोजक
६)पशुपति पाण्डे – अमेरिकाज क्षेत्रीय सह संयोजक
७)पुरूषोतम बोहोरा – अमेरिकाज क्षेत्रीय सह संयोजक
८) संन्जय थापा – आईसिसि सदस्य

एनसिसि अमेरिकाको तर्फबाट :
१) डा अर्जुन बन्जाडे – आहामी निर्बाचनका लागि अध्यक्षका प्रत्यासी
२) कृण्ण जीबी पन्थ – बर्तमान वरिष्ठ उपाध्यक्ष
३) बिकास उप्रेती – वर्तमान उपाध्यक्ष तथा आगामी निर्वाचका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी
४) गोपेन्द्र भट्टराई -वर्तमान उपाध्यक्ष तथा आगामी निर्वाचनका लागि महासचिवका प्रत्यासी
५) राजन पन्त – निबर्तमान भेरिभिकेसन समितिका संयोजक
६) सि पि पौडेल
७) तिलक केशी
लगायत सम्पुर्ण डा. अर्जुन बन्जाडेका संस्था शुद्विकरण तथा परिवर्तनका पक्षधरहरु