मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   

एएनए सम्मेलनमा महिला सहभागिता व्यापक हुने

एएनए सम्मेलनमा महिला सहभागिता व्यापक हुने

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को आगामी जुलाई १ र २ तारिख डेनभर कोलोराडोमा हुने ४० औं सम्मेलनको तयारी क्रम अगाडी बढी रहेको जानकारी सम्मेलनका प्रमुख संयोजक विनोद त्रिपाठीले दिएका छन् ।

कोलोराडोमा सकृय संस्थाहरु रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, नेपाली घर, अनेसास, कोलोराडो शाखा, एनआरएनए कोलोराडो शाखा, कोलोराडो नेवाः खलः लगायतका संस्थासँगको सहकार्यमा सम्मेलन हुन लागेको हो ।

विगतका सम्मेलनहरूमा झैं यस वर्ष पनि महिला सहभागिता बढाउन विशेष कार्यक्रमहरू राखिएको सम्मेलनका अायोजकहरूले जनाएका छन् । एएनए सम्मेलन मूल कमिटीको डेपुटी कन्भेनर सरिता गुरुङ रहेकी छिन भने शर्मिला शर्माको संयोजकत्वमा २७ सदस्यीय महिला समिति गठन गरिएको छ ।

धेरै भन्दा धेरै दिदीबहिनीहरूलाई पनि कार्यक्रममा संलग्न र समावेश गराउनका साथै एक आपसमा मेल मिलाप र थप प्रोत्साहन र प्रेरणा दिन यस समितिको ठूलो भूमिका रहने विश्वास अायोजकको छ ।

त्यसैगरि तारा अधिकारीको संयोजनमा जुलाइ १ तारिक शनिवार दिउँसो २ देखि ३.३० बजे सम्म हुन गई रहेको महिला मंचमा “अमेरिकामा नेपाली एकल महिलाका चुनौतीहरू” विषयमा गहन छलफल गरिनेछ । मंचमा साहसी महिला वक्ताहरूले आफुले सामना गरेका चुनौती र अनुभवहरू दर्शक माझ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भविष्यमा अरू महिलाहरू माथि यस्तो परिस्थिति आई परेमा उनीहरूलाई जागरूकता र जानकारीमूलक संदेश दिन यस छलफल बाट सहयोग पुग्नेछ । मंचको सहजकर्तामा तारा अधिकारी र सरिता गुरुङ रहेका छन् ।

श्रुती पाण्डे संयोजक रहेको समितिले “मिसेज एएनए” सुन्दरी प्रतियोगिताको भब्य तयारी गरिरहेको छ । विवाहित महिलाहरूले आफुमा भएको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्नुका साथै आफ्नो आत्मविश्वास बढाउन यस प्रतियोगिताले थप हौसला दिनेछ। गत सम्मलेन बाट शुरू गरिएको मिसेज एएनए दर्शकहरूले निकै मन पराएका थिए ।

कार्यक्रमलाई आकर्षण र मनोरंजन बनाउन “फेसन शो” पनि राखिएको छ। यसको संयोजन आकृति अधिकारीले गरि रहेको छ।यस कार्यक्रममा नेपाली संस्कृति र पश्चिमी शैली झल्काउने विभिन्न पहिरनहरूको प्रदर्शन गर्दै यूवा र बालबालिका हरुले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन ।मिसेज एएनए र फेसन शो १ तिरक शनिवार सांझ ७ बजे राखिएको छ । सम्मेलन बाट महिला सशक्तिकरण र महिला नेतृत्व विकासमा प्रोत्साहन र अवसर मिल्ने कुरामा आयोजक विश्वस्त छन् ।

सम्मेलनलाई भब्य रुपमा सफल पार्न एनएनएका पूर्व अध्यक्ष रोजर अधिकारी तथा नबिन दत्तलाई सल्लाहकारमा चयन गरिएको छ । सह संयोजकको रुपमा टिका पौडेल, राजु सिटौला, जगदीश ढकाल, सरिता गुरुङ, आरसी पन्त, अर्जुन बगाले तथा भुषनलाल श्रेष्ठलाई चयन गरिएको संयोजक त्रिपाठीले बताएका छन् ।