मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

टेक्ससमा दीक्षितको स्मृति कार्यक्रम

टेक्ससमा दीक्षितको स्मृति कार्यक्रम


ड्यालस । वरिष्ठ पत्रकार एवं साहित्यकार विनोदमणि दीक्षितको स्मृतिमा श्रद्धासुमन अर्पण कार्यक्रम गरियो । स्रष्टा साँझ अमेरिकाद्वारा अप्रिल २८, २०२३ शुक्रबार टेक्ससको युलेस सहरमा आयोजित कार्यक्रममा दिवंगत् दीक्षितसँग सम्बन्धित विविध सन्दर्भमा उहाँलाई स्मरण गरियो ।

कार्यक्रममा दिवंगत् दीक्षितको सम्झनामा मौनधारण एवम् पुष्पार्पणको औपचारिकतापश्चात् उहाँको बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरिएको थियो ।

कार्यक्रममा टीका पौडेल, ज्ञानेन्द्र कार्की, विनोद रिजाल, दीपक खरेल, विजय भुसाल, प्रदीप अर्याल, मधुर ज्ञवाली, प्रतिमा खरेल, बाबुराम दहाल, कुमार राउत, बैकुण्ठ आचार्य, कृष्ण ज्ञवाली, शैलेश आचार्यलगायतले दिवंगत् दीक्षितप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

शेयर गर्नुहोस:

8.2k
Shares