मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मुख्य समाचार   

प्रनेमद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रनेमद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


नेपाली पात्रो अनुसार नेपाली नयाँ वर्ष बि.सं.२०८० साल प्रारम्भ भएको अवसर पारेर प्रवासी नेपाली मञ्च, डिसी मेट्रो क्षेत्रले आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम प्रनेम अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि थापाले नेपाली नयाँ वर्ष २०८०को शुभकामना मनतब्य व्यक्त गर्दै मञ्चले गैर आवासीय नेपालीहरुको छाता संगठन एनआरएनए(NRNA)मा विगतदेखि खेल्दै आएको र भावी दिनहरुमा खेल्नु पर्ने भूमिकाका बारेमा प्रकास पारेका थिए।

सम्बोधनका क्रममा उनले मञ्चले लामो समयदेखि प्राथमिकताका साथ उठाउदै आएको मुद्दा ‘एक व्यक्ति, एक डिवाइस’, अन्ततोगत्वा एनआरएनए(NRNA)ले सम्बोधन गरेकोमा खुशी व्यक्त गरे। उनले हाल एनआरएनए(NRNA) ले अमेरिका भरी रहेका गैर आवासीय नेपालीहरुलाई संस्थामा आबद्ध गराइ स्मार्ट एनआरएनए सदस्यता(Smart NRNA Membership) वितरण गर्ने अभियान सञ्चालन गरिरहेको स्मरण गराउदै मञ्चका सम्पूर्ण सदस्यहरुलाई सदस्यता लिने र अरुलाई पनि सदस्य बनाउने अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गरे।

मञ्चका सह-सचिव गोबिन्द खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य एवम् अमेरिकाज इन्चार्ज प्रभु थापा र राष्ट्रिय कमिटीका अध्यक्ष कृष्ण लामिछानेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा बानाका अध्यक्ष सुबोध बिलास पन्त, इन्जा वरिष्ठ उपाध्यक्ष बिष्णु सितल, मञ्चका पदाधिकारीहरु, सदस्यहरु र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सहभागीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्दै नेपाली नयाँ वर्षलाई स्वागत गरेका थिए।

मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन, मञ्चका केन्द्रीय सदस्य विजय बगालेले गरेका थिए।