मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   

अनेसास, कोलोराडो शाखाद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अनेसास, कोलोराडो शाखाद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले नयाँ वर्ष २०८० को आगमनको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

जुममार्फत भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा कोलोराडो लगायत अमेरिकाका अन्य राज्यहरू तथा नेपालका साहित्यकार एवं साहित्यअनुरागीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी भई रचना वाचन तथा नव वर्षको शुभकामना व्यक्त गर्नेहरूमा अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उत्तर अमेरिका क्षेत्रका केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्य तारा अधिकारी रहेका थिए ।

यसैगरी अग्रज कवि तथा जीवनीकार गोविन्द गिरी प्रेरणा, लघुकथाकार तथा समीक्षक खेमराज पोखरेल तथा अधिवक्ता एवं भाषा सम्पादक रवीन्द्र भट्टराईले पनि कार्यक्रममा आआफ्नो रचना वाचन गरेका थिए । त्यस क्रममा झरना साहित्यिक परिवार, मकवानपुरसँग सम्बन्धित साहित्यकारहरू दीपक गौतम, जनार्दन खनाल, रमेशमोहन अधिकारी र सुवास खनालले नेपालबाट कार्यक्रममा सहभागी भई आफ्नो रचना पाठ गरेका थिए ।

त्यसैगरी कोलोराडोमा रहेका नेपालीहरूको संस्थाहरू नेपाल घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल तथा एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्षहरू क्रमशस् जगदीशचन्द्र ढकाल, टीका पौडेल तथा आरसी पन्तले कोलोराडोमा रहेको नेपाली समुदायमा भाषा र साहित्यको प्रवर्धन गर्नमा अनेसास, कोलोराडो शाखाले खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना सन्देश दिएका थिए ।

कार्यक्रममा रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा पुष्पराज पौडेल, निर्मल प्याकुरेल, भूपेन्द्र महत, डा खगेन्द्रप्रसाद दाहाल, अनमोल मणि, सृजना अर्याल, वासुदेव खनाल, भगवती दाहाल, रमेश गुरुङ, माधव शिवाकोटी, उपेन्द्र घिमिरे, श्रीराम लुइँटेल, सीता सापकोटा र श्यामला शिवाकोटी रहेका थिए ।

अनेसास कोलोराडो शाखाको पदाधिकारीहरु विजयदेव अधिकारी, सेनुप्रसाद तिवारी, सम्झना आचार्य, रामराज पौडेलको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको सञ्चालन अनेसास, कोलोराडो शाखा महासचिव किरण अधिकारीले र कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष राजु सिटौलाले गरेका थिए। उक्त कविता वाचन कार्यक्रम करिब दुई घण्टा चली सम्पन्न भएको थियो ।