मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   

सामाजिक अभियान्ता नारायण श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

सामाजिक अभियान्ता नारायण श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोका सामाजिक अभियान्ता तथा नेपाली घरका संस्थापक अध्यक्ष नारायण श्रेष्ठको बिहिवार अन्तिम संस्कार सम्पन्न भयो ।
उपचारको क्रममा गत मार्च २० तारिकका दिन लङमन्ट युनाइटेड अस्पतालमा निधन भएका श्रेष्ठको हिन्दु परंपरा अनुसार छोरा सिद्धार्थले दागबत्ती दिएर अन्तिम संस्कार सम्पन्न गरिएको हो ।

अन्तिम संस्कार संम्पन्न हुनु अघि आजै कोलोराडो स्थित थ्रोन्टनमा श्रद्धान्जली सभा आयोजना गरिएको थियो । बिहान १० बजे देखी दिउसो १२ बजे सम्म संचालन गरीएको श्रद्धान्जली सभामा स्वर्गिय श्रेष्ठको धर्मपत्नी, छोरा बुहारी, ज्वाई छोरी, लगायत यहां स्थित संघ संस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धीजिवी, साथी भाई, सुभचिन्तकहरुले हल खचाखच भएको थियो । सबैसंग मिलनसार मृदु भाषी समाजसेवी श्रेष्ठलाई श्रद्धान्जली दिन स्थानियहरुमात्र होईन क्यानडा, टेक्सास, स्याटल, नेब्रास्का देखी फुलगुच्छा लिएर गहभरी आसु बनाउदै साथीभाई, ईष्टमित्रहरु कार्यक्रम स्थल आई पुगेका थिए ।

यसरी सब्य र शान्त तरिका बाट सम्पन्न श्रद्धान्जली सभामा शोक मन्तब्य दिनेहरुमा स्वर्गिय श्रेष्ठका ज्वाई ज्याक, नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल, रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका पुर्व अध्यक्ष शरद आचार्य, नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतम, प्रवासी नेपाली मन्च कोलोराडो च्याप्टरका अध्यक्ष संजयसिङ केसी, क्यानडाका जिवन क्षेत्री, स्याटलका मोहन श्रेष्ठ, समाजसेवी प्रमोद श्रेष्ठ, उत्तरा श्रेष्ठ, दिनेश श्रेष्ठ लगायतका ब्यक्तिहरु रहेका थिए । शोक मन्तब्य पछि कार्यक्रममा उपस्थित सबैले स्वर्गिय श्रेष्ठलाई फुलका गुच्छा चढाई अन्तिम श्रद्धान्जली दिएका थिए ।

बि.सं २०१५ सालमा संखुवासभा जिल्लाको खांदबारीमा जन्मिएका नारायण श्रेष्ठ सन् १९९६ देखी अमेरीकाको कोलोराडोमा बस्दै आएका थिए । प्रवासमा नेपाल र नेपालीको पहिचाहन गराउन तथा भाषा, धर्म, संस्कृतीको जगेर्ना गर्दै पुस्तान्तरण गर्न नेपाली सामुदायिक भवनको आवश्यकता महशुसगरी त्यसको निर्माण गर्न आजभन्दा १३ बर्ष अगाडी नेपाली घर भन्ने संस्था दर्ता गरी श्रेष्ठ त्यसको संस्थापक अध्यक्ष भएका थिए । उनै नेपाली समुदायको हक हित अभियानका मार्ग दर्शक श्रेष्ठको अन्तिम संस्कार सम्पन्न गरिएको हो ।

उनको निधनको खवर सुन्ने बित्तीकै कोलोराडोमा सकृय सबै सामाजिक संघ संस्था, समाजसेबी बुद्धीजिवी शुभचिन्तक सबैले बिभिन्न सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरेका थिए भने धेरैले उनको निवास पुगेर परिवारलाई भेटी शोक ब्यक्त गरेका थिए । स्वर्गिय श्रेष्ठ एक छोरा २ छोरी र श्रीमती सहित कोलोराडो स्थित लङमन्टमा बस्दै आएका थिए ।

यसैगरी कोलोराडो नेपालीभाषी समाजमा सकृय नेपाली घरले आफ्नो संस्थापक अध्यक्ष, बर्तमान कार्य समितीका सल्लाहकार तथा नेपाली सांस्कृत भवन खरिद प्रकृयाको लोन ग्यारेन्टर नारायण श्रेष्ठको सम्मानमा आगामी अप्रील ९ तारीक आईतबार दिउसो २ बजे नेपाली सांस्कृतीक केन्द्रको भवनमा शोक सभा कार्यक्रम राखिएको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् । उक्त शोक सभामा सबैलाई उपस्थित भईदिनु हुन समेत उनले अनुरोध गरेका छन् ।