मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
टेक्सस   

कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न

कृष्ण लामिछानेको अन्तिम संस्कार सम्पन्न

छोरीहरुले दिए दागवत्ती


टेक्सस – टेक्सस ड्यालस  शनिवार कृष्ण लामिछानेको अष्टेष्ठि गरिएको थियो । धार्मिक विधि अनुसार उनको अन्तेष्ठि गरिएको हो । उनका दुई छोरीले दागवत्ती दिएका थिए ।

गत मंगलवार घरमै मृत भेटिएका कृष्ण लामिछानेको अन्तिम संस्कारमा समुदायको ठुलो उपस्थिति थियो ।

Advertisement
ADVERTISEMENT

कृष्ण लामिछाने समुदायमा मर्दा र पर्दा सकृय रहंदै आएका थिए । शनिवार ठुलो सख्यामा उपस्थित नेपाली समुदायले  उनले समुदायलाई गरेको सेवाको प्रशंसा गर्दै उनलाई अन्तिम श्रद्धान्जली दिए ।

अन्तिम संस्कारका वेला लामिछानेको छोरीको बाबु प्रतिको भनाईले सवैका आंखा रसाएका थिए । जेठी छोरी कृतिमाले आफुले बाबुको वाटो पछ्याउने वताईन । गौतम बुद्धको वाटोमा आफु हिड्ने वताउंदै उनले समाजसंग आफुहरुलाई एक्लै नछाड्न पनि आग्रह गरिन् ।

मेरो बावाले समाजलाई जुन योगदान दिनु भयो उनको कमी म पुरा गर्छु छोरीले भनिन् मलाई साथै लिएर हिड्नुहोस ।

स्वर्गीय लामिछानेका बुवाले आफु अमेरिका आउन सक्ने अवस्था नरहेकाले अष्तेष्ठी नरोक्न भने पछि शनिवार अन्तिम संस्कार गरिएको हो । स्थानिय कमल सत्यालले समुदाय समक्ष कृष्ण लामिछानेका वुवाले मलाई हिजो सांझ नातिनीहरुसंग कुरा भएको र अन्तिम संस्कारमा आउन नसक्ने मलाई वताउनु भयो भन्ने सुचना सुनाएका थिए ।

नातिनीहरुलाई भेट्ने उपयुक्त समयमा आफु आउने पनि उहांले वताउनु भएको थियो सत्यालले भने ।

शेयर गर्नुहोस:

278.4k
Shares