मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   

कोलोराडोका सामाजिक अभियान्ता नारायण श्रेष्ठको निधन , अन्तिम संस्कार मार्च ३० मा हुने

कोलोराडोका सामाजिक अभियान्ता नारायण श्रेष्ठको निधन , अन्तिम संस्कार मार्च ३० मा हुने

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

15.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोका सामाजिक अभियान्ता तथा नेपाली घरका संस्थापक अध्यक्ष नारायण श्रेष्ठको सोमबार असामहिक निधनको खवरले नेपाली भाषी समाज पुरै शोकमा डुवेको छ ।
उनको उपचारको क्रममा लङमन्ट अस्पतालमा निधन भएको खवरले सबै कोलोराडो बासी आश्चर्यमा परेका छन् ।

बि.सं २०१५ सालमा संखुवासभा जिल्लाको खांदबारीमा जन्मेका नारायण श्रेष्ठ सन् १९९६ देखी अमेरीकाको कोलोराडोमा बस्दै आएका थिए । प्रवासमा नेपाल र नेपालीको पहिचाहन गराउन तथा भाषा, धर्म, संस्कृतीको जगेर्ना गर्दै पुस्तान्तरण गर्न नेपाली सामुदायिक भवनको आवश्यकता महशुसगरी त्यसको निर्माण गर्न आजभन्दा १३ बर्ष अगाडी नेपाली घर भन्ने संस्था दर्ता गरी श्रेष्ठ त्यसको संस्थापक अध्यक्ष भएका थिए । उनै नेपाली समुदायको हक हित अभियानका मार्ग दर्शक श्रेष्ठको असामहिक निधनकको खवरले सबै आश्चर्यमा परेका हुन् ।

उनको निधनमा कोलोराडोमा सकृय सामाजिक संघ संस्था, समाजसेबी सबैले बिभिन्न सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरेका छन् । स्वर्गिय नारायण श्रेष्ठको आगामी मार्च ३० तारिक बिहिबारको दिन बिहान १० बजे ( Horan & McConathy Funeral Service, 9998 Grant Street, Thornton ) हिन्दु परंपरा अनुसार दाहसंस्कार गरिने उनको धर्म पत्नी शोभा श्रैष्ठले बताएकी छिन् ।

धर्म पत्नी श्रेष्ठले अन्तिम संस्कारका दिन संभव भएसम्म कोलोराडो निवासी सबैलाइ उपस्थित भईदिनुहुन समेत अनुरोध गरेकी छिन् । नारायण श्रेष्ठ एक छोरा २ छोरी र श्रीमती सहित कोलोराडो स्थित लङमन्टमा बस्दै आएका थिए ।

यसैगरी कोलोराडोमा नेपाली भाषी समुदायमा सकृय नेपाली घरले आफ्नो संस्थापक अध्यक्ष, बर्तमान कार्य समितीका सल्लाहकार तथा नेपाली सांस्कृत भवन खरिद प्रकृयाको लोन ग्यारेन्टर नारायण श्रेष्ठको सम्मानमा आगामी अप्रील ९ तारीक आईतबार दिउसो २ बजे नेपाली सांस्कृतीक केन्द्र भवनमा शोक सभा गरिने नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।