मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   

कोलोराडोमा २१५० औं ग्यल्पो ल्होसार भब्यताको साथ सम्पन्न

कोलोराडोमा २१५० औं ग्यल्पो ल्होसार भब्यताको साथ सम्पन्न


कोलोराडो (अमेरीका)- कोलोराडो निवासी शेर्पा समुदायले आईतबार २१५० औं ग्यल्पो ल्होसार भब्यताका साथ मनाएका छन् ।

कोलोराडो वासी शेर्पा परिवारहरुको साझा संस्था शेर्पा नाङपी छोक्पा कोलोराडोको अयोजनामा उनीहरुले २१५० औं ग्यल्पो ल्होसार मनाइएका हुन् । यहां स्थित वोल्डरमा कोलोराडोको विभिन्न शहरबाट शेर्पा परिवारहरु उपस्थित भई स्याब्रु नाच्दै मनोरञ्जनका साथ ल्होसार सम्पन्न भएको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताएका छन् ।

उक्त समारोहमा स्थानीय वोल्डर शहरका मेयर, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।
ल्होसार कार्यक्रम विहान लामा गुरुहरुबाट धार्मीक पुजापाठ गरी शुरु गरिएको थियो ।

संस्थाका सचिव निमा शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको उत्पत्ती , उद्धेस्य, सम्पन्न कार्य विवरण, भावी योजना प्रष्ट्याएका थिए । उनले भबिष्यमा कोलोराडोमा शेर्पा गुम्वाको परिकल्पना गरिएको र यसको निर्माणकोलागी सदस्यहरुबाट एकलाख पच्पन्न हजार दानगर्ने प्रतिबद्धता आएको जानकारी गराएका थिए ।

बिहान ११ बजे सुरूभएको कार्यकम दिउसो विविध सांस्कृतीक कार्यक्रम, वेलुका राफल चिट्टाको कार्यक्रम, स्याब्रु नाचगान संचालन भएको थियो । कार्यक्रमको अन्तमा शेर्पा नाङपी छोक्पा कोलोराडोको अध्यक्ष ङावाङ ओङछुले शेर्पाहरूको सांस्कृतिक पर्व ल्होसार भब्यताकासाथ सम्पन्न पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए । कार्यक्रम राती ११ बजेसम्म रमाईलो नाचगान गर्दै हर्सोउल्लासका साथ सम्पन्न भएको थियो ।

गत जनवरी ५ तारिकका दिन यही संस्था “शेर्पा नाङपी छोक्पा कोलोराडो” को पहलमा कोलोराडो स्टेट भवनमा विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल अरोही शेर्पाहरूलाइ गर्भनर जारेड पोलिसले सम्मान गरेका थिए ।

सोही अवशरमा कोलोराडो राज्य सरकारले शेर्पाहरुलाई सम्मान गरेको जनवरी ५ तारिकको दिनलाई हरेक बर्ष शेर्पा दिवसको रुपमा मनाउने घोषणा गर्भनर जारेड पोलिसल गरेका थिए ।

शेयर गर्नुहोस:

3.4k
Shares