मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत


काठमाडौं । बुधबार राजीनामा दिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

जन्ममिति विवादका कारण सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले उक्त राजीनामा पत्र गृह मन्त्रालयमा पठाएको थियो । प्रहरीको उच्च अधिकारीको राजीनामा गृह मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गर्ने व्यवस्था छ ।