मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
टेक्सस   
मुख्य समाचार   

आगामी कार्यकालका लागि एनआरएनए अध्यक्ष वन्न पहल शुरु

आगामी कार्यकालका लागि एनआरएनए अध्यक्ष वन्न पहल शुरु

डा पौडेलले सहयोग र समर्थन खोजे


टेक्सस (अमेरिका )- गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि अमेरिकावाट हुनुपर्ने भन्दै यसमा पहल शुरु भएको छ ।

अध्यक्षपदका लागि डा. केशव पौडेल र गौरीराज जोशीले संभावित उम्मेदवार हुन् । वर्तमान कार्यसमितिमा दुवै जना महासचिव छन् । विदेशमा वस्ने नेपालीसंग सम्वन्धित नागरिकता विवाद सतहमा आएको वेला अमेरिकावाट एनआरएनएमा नेतृत्व गर्नु पर्ने दवाव परेको हो ।

महासचिव पौडेलले यसै साता टेक्ससमा आफु अगामी कार्यकालका लागि एनआरएनए अध्यक्षमा उम्मेदवार वन्न लागेको हुदां सहयोग समर्थन गर्न आग्रह गरेका थिए ।

एनआरएनएका महासचिव गौरी जोशी, डा केशव पौडेल र कोषाध्यक्ष सुनिल शाह

उक्त कार्यक्रममा अर्को महासचिव गौरी जोशी र कोषाध्यक्ष सुनिल शाह पनि थिए ।

मैले उहांहरुलाई यसपटक अध्यक्षका लागि मलाई सहयोग गर्न आग्रह गरेको छु डा. पौडेलले हिमालयखवरसंग भने हामी मध्ये एक जना मात्र अध्यक्षको उम्मेदवार बन्नुपर्छ भन्ने पक्षमा म छु ।

एनआरएनएको केन्द्रिय नेतृत्वसंगै एनआरएनए अमेरिकाको अध्यक्षपदका लागि पनि सहमती भए राम्रो हुने यस तर्फ जोड दिनुपर्ने चर्चा भएको थियो । अहिले एनआरएनए अमेरिकाको अध्यक्षका लागि तीन जना दिलु पराजुली, डा अर्जुन बण्जाडे र कृष्णजीवी पन्त उम्मेदवार वन्ने चर्चा छ । तर, कसैले पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा भने गरेका छैनन ।

एनआरएनए अमेरिकाको नयां सदश्यता र नविकरण पनि खुला गरिएको छैन ।

अहिलेको कार्यसमितिमा तीन जना अध्यक्ष छन् । जस मध्ये एक जना अमेरिकावाट प्रतिनिधित्व गर्ने भए पनि अहिले उठेको नागरिकताको प्रश्नमा एनआरएनएले खासै पहल गर्न सकेको छैन ।

एनआरएनए महासचिव डा. पौडेल

अव विधान अनुसार एक जना मात्र अध्यक्ष हुने व्यवस्था छ । अहिले सहमतिमा तीन जना अध्यक्ष सहित ठुलो कार्यसमिति वनाउंदा टिम स्पिरिट नभएको व्यापक गुनासो छ । एनआरएनएले आफ्नो साख गुमाउंदै गएको छ । राजनीतिक तहवाट पनि एनआरएनएलाई खासै महत्व दिईएको छैन । संस्थाभित्र विवाद छन् ।

अमेरिकामा झण्डै १ लाख नेपालीले अमेरिकाको नागरिकता लिएका छन् । यसरी नागरिकता लिनेका कयौं व्यवहारिक समस्या देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादले अमेरिका लगायत विदेशमा बस्ने नेपाली झस्केका छन् ।

एनआरएनएका महासचिव गौरी जोशी, डा केशव पौडेल, कोषाध्यक्ष सुनिल शाह, टेक्सस च्याप्टर अध्यक्ष सोफिन थापा र समाजसेबी उज्वल खत्री