मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
डिसी मेट्रो   

टेक्सासमा सञ्चालित कन्सुलर सेवाका लागि आवेदन दिएका सबैलाई सेवा दिइने

टेक्सासमा सञ्चालित कन्सुलर सेवाका लागि आवेदन दिएका सबैलाई सेवा दिइने


टेक्सास । वासिङ्टन डिसीस्थित नेपाली दूतावासले टेक्सासमा सञ्चालित कन्सुलर सेवा शिविरमार्फत नेपाली राहदानीलगायतका कागजातका लागि आवेदन दिएका सबैलाई नियमित प्रक्रियाअनुसार नै सेवा दिने भएको छ ।

उक्त शिविरवाट जम्मा भएको मनि अर्डर र क्यासियर चेक चोरी भएको थियो । यही कारण विभिन्न सेवाका लागि आवेदन दिएका आवेदकलाई दूतावासले उक्त मनी अर्डर र क्यासियर चेक रद्द गरी नयाँ पठाएर सहयोग गर्न आग्रह गरेको थियो ।

यो घटनाले उक्त शिविरमा आवेदन दिएका झण्डै ९३६ जनाले तोकिएको दस्तुर फेरि पठाउनु पर्ने हो कि होइन भन्ने अन्यौल भएको थियो । दूतावासका अनुसार उक्त घटनामा चोरी भएका क्यासियर चेक र मनि अर्डर रद्द गरी पुनः पैसा पठाएका वा नपठाएका सबैले सेवा पाउने छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सबैलाई सेवा दिन लागिएको दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । यो घटनाले सेवा प्राप्त गर्न केही ढिला भने हुन सक्ने बताइएको छ । मनि अर्डर र क्यासियर चेक पुनः पठाउनेको पैसा भने फिर्ता हुने छैन । यो सरकारी राजश्वमै जाने छ । जसले रद्द गरेर नयाँ पठाएनन् उनीहरुले पनि नियमित सेवा पाउने छन् ।

दूतावासका अनुसार उक्त कन्सुलर सेवा शिविरमा सेवा लिएका कुल ९३६ मध्ये ४३८ जनाले नयाँ मनि अर्डर र क्यासियर चेक पठाएका थिए । त्यहाँ आवेदन दिनेमध्ये २४० जनाको सेवाग्राहीको नयाँ राहदानी दूतावासमा प्राप्त भई सम्बन्धितलाई पठाउन सुरु गरिएको दुतावासले जनाएको छ ।

टेक्सासको ह्युस्टनमा खाना खानका लागि पार्किङमा गाडी रोकिएको बेला मनि अर्डर क्यासियर चेक चोरी भएको थियो । त्यसपछि दूतावास र त्यहाँको कर्मचारीप्रति विभिन्न प्रश्नहरु उठेका थिए । कतिले त्यहाँका कर्मचारीको मिलोमतोको आरोपसमेत लगाएका थिए । दूतावासमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेसम्मका मागहरु भएका थिए ।

अमेरिकास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति :