मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रवि लामिछानेको नागरिकता विवाद उनको मात्र होइन

रवि लामिछानेको नागरिकता विवाद उनको मात्र होइन


सांसद तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । नेपालको संविधानले एक पटकको नेपाली सधै नेपाली हुने मान्यता लिएको छ । विदेशको नागरिकता लिएको खण्डमा पनि गैर आवासिय नेपाली नागरिकता लिन पाइने व्यवस्था संविधानले गरेको छ ।

यस अनुसार अझै कानुन वनेको छैन । लामो समय वितिसक्दा पनि संविधानको यो व्यवस्था कार्यान्वयनका लागि कानुन नवन्नु विदेशमा वस्ने नेपालीको दोष होइन । संविधानमै विदेशको नागरिकता त्यागेको खण्डमा नेपाली नागरिक कायम हुने व्यवस्था छ । यी व्यवस्थाले नेपालको संविधानले विदेशमा वस्ने नेपालीको नागरिकताको विषयमा उदार छ भन्ने पुष्टि हुन्छ ।

सर्वोच्च अदालतले पनि न्याय गर्दा संविधानको यो व्यवस्थालाई उदार भएर फैसला सुनाउंछ भन्ने आशा गर्न सकिन्छ ।

यो मुद्दा रविसंग मात्र सम्वन्धित छैन । अहिले झण्डै आधा करोड नेपाली युवा विदेशमा कार्यरत छन् । उनीहरुले कमाएर पठाएको पैसाले देशको अर्थतन्त्र चल्छ । झण्डै १० खर्व रुपैंया रेमिट्यान्सका रुपमा भित्रिन्छ । विदेशमा वस्ने नेपालीको नोट चल्ने भोट नचल्ने हुनुहुदैंन । यसै पनि विदेशमा काम गर्न जाने नेपालीले कयौं झण्झट र समस्या भोग्दै आएका छन् । दुख्ख गरेर कमाएको पैसावाट आफन्तलाई एउटा फोन ल्याउंदा पनि भन्सारमा सरकारी कर्मचारीले खोस्न थाल्छन् । घरमा हेर्न टेलिभिजन किनेर ल्याउंदा पनि त्यहां सरकारी कर्मचारी इन्ची टेप लिएका बसेका हुन्छन् ।

देशमै रोजगारीका अवसर भएको भए यसरी हुलका हुल विदेश जानु पर्ने थिएन । विदेशमा वस्दा सजिलोका लागि नागरिकता वा स्थायी बसोवास अनुमतीपत्र लिईएको हुन्छ । यो त्यहां वस्न र काम गर्न सजिलो हुन्छ भनेर मात्र हो । यसवाट नेपाललाई एक रत्ति पनि हानी नोक्सानी भएको प्रमाण भेटिदैन । फाइदा मात्र भएको छ । फाइदा मात्र छ ।

नेपालीले कयौं बर्ष देखि भारत, वेलायत, सिंगापुर लगायतका देशको सेनामा काम गर्दै आएका छन् । सेनामा काम गर्नु भनेको उक्त देशको रक्षा गर्छु भनेर कसम खानु हो । सेनामा हुदां उनीहरुलाई उक्त देशको नागरिक सरह मानिन्छ । त्यसरी विदेशमा सेनामा काम गर्ने नेपाली नेपाल आउंदा नेपाली नै हुन्थे । नेपालमा चुनाव भईरहेको छ, भने भोट पनि हाल्थे । यो क्रम कयौं बर्ष देखि चल्दै आएको पनि छ । पेन्सन पाकेपछि कयौं राजनीतिमा पनि आएका छन् । विदेशी देशको सेनामा काम गरेको पेन्सन लिदैं नेपालमा राजनीति गर्ने चुनाव उठ्ने पनि कयौं नेपाली छन् । यो हुदां पनि केही फरक परेको थिएन । रविको नागरिकता विवादलाई अनुदार भएर हेर्ने हो भने यो विवाद पनि उठ्ने छ ।

सर्वोच्चले नेपाली युवाको विदेश जानु पर्ने वाध्यता र विद्यमान कानुन भित्र रहेर उदार फैसला गर्छ भन्ने आशा छ ।