मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

हिन्दी मूभी पठान

हिन्दी मूभी पठान


अमेरिका- बलिउडका शो म्यान शाहरुख खान स्टार भएको मूभी पठान रिलिज भएको छ । भारतमा सिनेमा विश्लेषकहरुले पठानलाई औषत भन्दा माथिको रिभ्यु दिएका छन् ।

विश्वभर शाहरुख खानका करोडौ फ्यान छन् । अहिलेसम्म आएको रिभ्यू हेर्दा यो सिनेमाले शाहरुख खानले आफुलाई पुन शो म्यानका रुपमा प्रमाणित गर्ने छन् भन्ने देखाउंछ । वढ्दो उमेर र एक पछि अर्को असफल फिल्मले शाहरुखको इमेज खस्कंदो थियो ।

जांन अब्राहम, दीपिका पादुकोण, डिम्पल कपाडिया लगायत स्टार भएको यो सिनेमाले अहिले वलिउड तातेको छ । केही बर्ष यता भारतकै साउथ सिनेमाले वलिउडलाई चुनौती दिदैं आएको छ । यो बेला साउथ सिनेमालाई टक्कर दिने गरी पठान आएको छ । एक्सन मन पराउनेका लागि पठानले सन्तुष्ठि दिन्छ । शान्त फिल्म मन पराउनु हुन्छ भने पठान उपयुक्त नहुन सक्छ ।

फिल्मको कहानी भने नयां होइन । अहिले साउथ र वलिउडमा चलेको मसला भारतीय गुप्तचर संस्था आरएडब्लु (र)को पृष्ठभुमीमै फिल्म बनेको छ । र आए पछि पाकिस्तान जोडिने नै भयो । जिम (जांन) पठान (शाहरुख) र रुबाई (दीपिका) यही पृष्ठभुमीमा भेटिन्छन् ।

यो सिनेमा करिव २० मिनेट सल्मान खान पनि भेटिन्छन् । उनले फिल्मलाई नयां मोड दिन्छन् ।

जोन र का पुर्व एजेन्ट हुन् । दिपिका पाकिस्तानको गुप्तचर संस्थाका लागि काम गर्छिन । कुनै कारणवश जोन विद्रोही हुन्छन् । जोनलाई समाप्त गर्न अर्का र एजेण्ट शाहरुखको टिमलाई जिम्मा दिईन्छ । जोन, शाहरुखका विचमा दिपिका हुन्छिन् । यसै पृष्ठभुमिमा पठानमा एक्सन मिसाईएको छ ।