मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

रक्की माउन्टेन फ्रेन्डस् अफ नेपालको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन

रक्की माउन्टेन फ्रेन्डस् अफ नेपालको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन


कोलोराडो (अमेरीका)- कोलोराडोको सबैभन्दा पुरानो नेपाली भाषीहरुको सामाजिक संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आगामी कार्यकालका लागी नया कार्य समिती चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

संस्थाका अध्यक्ष्य टीका पौडेलको अध्यक्ष्यतामा हालै सम्पन्न कार्यसमितिको बैठकले सर्बसम्मत तरिकाबाट तीन सदस्यीय निर्वाचन समिति गठनगर्न सिफारिस गरेको हो । डा. शारदा काफ्ले त्रिपाठीको संयोजकत्वमा गठीत समितिका अन्य सदस्यहरुमा कुमारजंग कार्की र अन्जुली शर्मा रहेका छन् ।

Advertisement
ADVERTISEMENT

वर्तमान कार्यसमितिको कार्यकाल आगामी अप्रिल १५  (नेपाली नया बर्ष) का दिन सकिन लागेकोले  मार्च मसान्तभित्र  निर्वाचन गरिसक्ने लक्ष्य राखेर यो निर्वाचन समिति गठन गरिएको हो । आगामी मार्च महिनाभित्र निर्वाचन प्रक्रिया सम्पन्न गरी नया कार्यसमितिका पदाधिकारी र बोर्ड सदस्यहरुको नाम घोषणा गरिसक्न निर्वाचन समितिलाई अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष्य टीका पौडेलले बताएका छन् ।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालमा हालसम्म १४० जना आजीवन र ४० जना साधारण सदस्यहरु रहेका छन् । यस संस्थाको सदस्य बन्न संधै सबैलाई ढोका खुल्ला रहेको कुरा अध्यक्ष्य पौडेलले जानकारी गराएका छन् ।

शेयर गर्नुहोस:

5.2k
Shares