मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवन-३ बाट निर्वाचित विक्रम पाण्डे बने सहरी विकासमन्त्री

चितवन-३ बाट निर्वाचित विक्रम पाण्डे बने सहरी विकासमन्त्री


काठमाडौँ । चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका विक्रम पाण्डे सहरी विकास मन्त्री बनेका छन् । पाण्डेले मंगलबार राष्ट्रपतिबाट शपथ लिएर कार्यभार सम्हालेका छन् । 
राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेले सहरी विकास मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै हरेक आधा घन्टामा झोलुङ्गे पुल निर्माण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । उनले यो निर्णयमा हस्ताक्षर गर्नुअघि पण्डितबाट मन्त्र पढ्न लगाएका थिए । झोलुङ्गे पुल निर्माण तीन वर्षभित्र गरिसक्ने उनले बताएका छन् । 
चितवनबाट पटकपटक निर्वाचित भएका पाण्डे यसअघि भूमिसुधार मन्त्रीसमेत भएका थिए । उनी भूमिसुधार मन्त्री हुँदा देशभर मालपोत कार्यालय विस्तार भएको थियो । उनी मन्त्री हुँदा चितवनको भरतपुरमा मात्र केन्द्रित भएको मालपोत कार्यालयलाई विस्तार गरी चनौली र खैरहनीमा पनि सञ्चालनमा ल्याइएको थियो । 
 
सहरी विकास मन्त्रालय भवन निर्माण, सडक संरचना, सहरी पूर्वाधारलगायतका निर्माणसँग जोडिने मन्त्रालय हो । सत्तारूढ गठबन्धनबीच सुरूमा विक्रम पाण्डेलाई खेलकुद मन्त्रालय दिने कुरा भएको थियो । पाण्डेले खेलकुद मन्त्रालय लिन अनिच्छा देखाएपछि सहरी विकास मन्त्रालय दिइएको थियो । 
‘क’ वर्गको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक रहेका पाण्डे कालिका एफएम र कालिका एचडी टिभीका प्रबन्ध निर्देशकसमेत हुन् । २०७० मा दोस्रो संविधानसभामा निर्वाचित भएपछि पाण्डे २०७३ मा प्रचण्ड नेतृत्वकै सरकारमा भूमिसुधार मन्त्री भएका थिए । अहिले प्रचण्डकै नेतृत्वमा सहरी विकास मन्त्री भएका छन् । 
२०७४ सालमा उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका थिए । त्यतिबेला मन्त्री हुँदा उनले माडी उपत्यका प्रवेश गर्दा हुने झन्झट हटाएका थिए ।