मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फिप्नाको १७औँ स्थापना दिवस तथा संघीय परिषद् बैठक सम्पन्न

फिप्नाको १७औँ स्थापना दिवस तथा संघीय परिषद् बैठक सम्पन्न


न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को “वार्षिक साधारण सभा तथा संघीय परिषद् बैठक” न्युयोर्कस्थित फिप्ना कार्यालयमा सम्पन्न भएको छ । 
पहिलो शत्रको कार्यक्रम फिप्नाका अध्यक्ष राजकुमार विष्टको अध्यक्षतामा भएको थियो । कार्यक्रममा फिप्नाका महासचिव टोमा लामाले कार्यक्रमको गतिविधि, क्रियाकलाप तथा तालिकाको बारेमा प्रकाश पारेका थिए । फिप्नाका उपाध्यक्ष माया लामा ह्रयोल्मोले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । 
सल्लाहकार प्रदीप परियार थापाले आफूले नेपालदेखि नै लामो समय आदिवासी मुद्दा तथा आदिवासी हकअधिकारको विषयमा काम गर्दै आएको बताउँदै अमेरिकामा पनि पत्रकारिताको अलवा त्यही विषयलाई निरन्तरता दिँदै आएको बताए । 
लामो समयदेखि आदिवासीको हकहितमा समर्पित समाजसेवी एवं सरकारको पर्यटन सद्भावना दूत केशवराम राईले फिप्नाले गरेको सम्मानबाट अझै बढी जिम्मेवारी थपिएको महसुस भएको बताए । उनले फिप्नाको स्थापनाकालदेखि नै नजिकमा रहेर निरन्तर काम गर्दै आएको अझै जिम्मेवारीका साथ सहयोग गरिरहने बताए । 
 
यसैगरी, दोस्रो सत्र फिप्ना संघीय परिषद्का सभामुख सुवर्णकुमार शाक्यको अध्यक्षतामा भएको थियो । संघीय परिषद्का पदाधिकारी, महाधिवेशन प्रतिनिधिलगायतको सहभागिता रहेको कार्यक्रममा प्रस्तावित विषयहरु, वार्षिक समीक्षा, चुनौती र आर्थिक व्यवस्थापन, वार्षिक कार्यप्रगति, आर्थिक प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रमबारे छलफल गरिएको थियो । 
बैठकमा महासचिव टोमा लामाको वार्षिक कार्यप्रगति प्रतिवेदन,  कोषाध्यक्ष तुलबहादुार तामाङको वार्षिक आर्थिक प्रतिवेदन र अध्यक्ष राजकुमार विष्टको भावी नीति तथा कार्ययोजना प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनहरुमाथि बृहत छलफल गरी बैठकले पारित गरेको थियो ।