मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

वार्षिक बीस करोड डलरमा क्रिस्टियानो रोनाल्डो अनुबन्धित

वार्षिक बीस करोड डलरमा क्रिस्टियानो रोनाल्डो अनुबन्धित


लन्डन । विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिनेगरी उनले सम्झौता गरेका हुन् ।
 
युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक एवम् इतिहास निर्माणमको क्षण भएको छ । 
 
रोनाल्डोले जुन २०२५ सम्मका निम्ति सम्झौतामा हस्ताक्षर गरेका अल नासरले बताएको छ । “रोनाल्डोको आगमनले हाम्रो क्लबलाई अझ ठूलो सफलता हासिल गर्न मात्र प्रेरित गर्दैन अपितु हाम्रो ‘लिग’, हाम्रो राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट बन्न प्रेरित गर्नेछ” क्लबले सामाजिक सञ्जालमा भनेको छ ।
 
पोर्चुगलका स्टार ३७ वर्षीय रोनाल्डोलाई आफ्नो ‘करियर’को सम्झौताले इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनाएको छ । उनले आफूलाई भाग्यशाली ठान्दै साउदीमा नयाँ फुटबल लिगको अनुभव गर्न आतुर रहेको बताएका छन् । 
 
एसियामा आफ्नो अनुभव साझा गर्ने यो सही समय भएको महसुस गरेको उनले एक वक्तव्यमा जनाएका छन् । एपी