मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सेना र सञ्चार क्षेत्रको भूमिका अन्योन्याश्रित छ : सेना

सेना र सञ्चार क्षेत्रको भूमिका अन्योन्याश्रित छ : सेना


काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीले बुधबारदेखि सम्हालेका छन् । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।
 
एक वर्षअघि प्रवक्तामा नियुक्त भएका निवर्तमान प्रवक्ता नारायण सिलवालले उनलाई कमाण्ड बरबुझारथ गरी जिम्मेवारी हस्तान्तरण गरे । जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबारआयोजित कार्यक्रममा  सेना र सञ्चार क्षेत्रको कार्य जिम्मेवारी फरक भए पनि दुवैको उद्देश्य राष्ट्र र राष्ट्रवासीको कल्याणको खातिर रहेको बताए ।
 
उनले भने, “सेना र सञ्चारमाध्यमबीचको सम्बन्ध थप प्रगाढ तुल्याउन र सेनाले गरेका काम कारबाहीलाई समयमै सूचना उपलब्ध गराई उद्देश्यअनुरुप निर्देशनालयले काम गर्दैआएको छ ।”
 
निवर्तमान प्रवक्ता सिल्वालले राज्यको चौथो अङ्गका रुपमा रहेकोे प्रेस जगको निष्पक्ष र वस्तुगत रिर्पोटिङ सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न तथा सङ्गठनलाई मर्यादा र कर्तव्यबाट विचलित हुन नदिने विश्वास व्यक्त गरे ।
 
उनले भने, “सेना र प्रेस कार्य प्रकृतिका हिसाबले भिन्न कार्यक्षेत्र, परिधि, मान्यता र सिद्धान्त भए पनि समृद्ध, अखण्ड र शान्त राष्ट्रनिर्माणका लागि दुवैको भूमिका र जिम्मेवारी अन्योन्याश्रित छ ।” सहायकरथी सिलवाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको छ । रासस