मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अपराध अनुसन्धानमा केन्द्रित हुन निर्देशन

अपराध अनुसन्धानमा केन्द्रित हुन निर्देशन


काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अपराध अनुसन्धानमा केन्द्रित हुन प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।
 
भर्खंरै सरुवा भएर कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई सम्बोधन गर्दै उनले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवं जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहन निर्देशन दिएका हुन् ।
 
उनले हालै सम्पन्न आमनिर्वाचनलाई  निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात् अब प्रहरीको नियमित काममा केन्द्रित रहन निर्देशन दिए ।
 
प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति सङ्ख्यामा अपराधी पक्राउ परे रु जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो ? तस्करी नियन्त्रणमा केकस्ता प्रयास भए ? आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबल उच्च राख्न केकस्ता काम भए रु त्यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए ।
 
नागरिकबाट आउने महत्त्वपूर्ण सूचना प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । उनले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । रासस