छपरा । विषाक्त मदिरा पानबाट पूर्वी भारतको विहार राज्यमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ मदिरा प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको संख्या ६० भन्दा बढी रहेको बताएका छन् ।
भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेको ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउने गरेको बताएका छन् ।
त्यसपछि धेरैले पेट दुख्ने र दृष्टि गुम्ने र वान्ता हुने गरेको बताएका छन् । बिहीबारसम्म ४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको थियो र शनिबार झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् ।
गत ४८ घन्टामा चार दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन्,“ प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । अहिलेसम्म ६२ जनाको ज्यान गएको स्थानीय मिडिया सञ्चारमाध्यमले बताएका छन् ।
प्रहरीले पछिल्लो तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६०० लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ ।
स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् । (रासस–एएफपी)
प्रतिक्रिया