मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने भएको छ : प्रधानमन्त्री देउवा

जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने भएको छ : प्रधानमन्त्री देउवा


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध मिलाई उत्पादित जनशक्तिलाई देशभित्रै टिकाउने र रोजगारीको उचित व्यवस्था मिलाउन विशेष ध्यान दिनुपर्ने बताएका छन् । 
 
काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा उनले गुणस्तरीय उच्च शिक्षाको खोजीमा हजारौँ विद्यार्थी दिनहुँ विदेशिने गरेको प्रसङ्ग उल्लेख गर्दै सो कुरा बताएका हुन् । यसले एकातिर मुलुकलाई चाहिने प्रतिभाशाली र मेधावी जनशक्ति पलायन भइरहेको छ भने अर्कातिर शिक्षाको लागि बर्सेनि अर्बौँ डलर मुलुकबाट बाहिरिने गरेको उनको भनाइ थियो ।
 
यस सन्दर्भमा काठमाडौँ विश्वविद्यालयले केही हदसम्म विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई स्वदेशमा उनीहरूले पढ्न चाहेको विषयमा गुणस्तरीय उच्च शिक्षा प्राप्त गर्ने अवसर मिलाई प्रतिभा पलायन हुनबाट रोकिरहेकामा उनले प्रशंसा गरे । साथै उनले विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गरी विश्व शैक्षिक रङ्गमञ्चमा नेपाललाई चिनाउन सहयोग पु¥याइरहेको बताउँदै विश्वविद्यालय परिवारलाई धन्यवाद दिए ।
 
प्रधानमन्त्री देउवाले भने, “यस विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आगामी दिनमा थप गुणस्तरीय र विश्वसनीय बनाउँदै जानेछ भन्ने मैले अपेक्षा लिएको छु ।”
 
उनले यस विश्वविद्यालयले विगत तीन दशकदेखि मुलुकमा गुणस्तरीय, व्यावहारिक तथा प्राविधिक उच्च शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक, सामाजिक विकासमा  योगदान पु¥याउँदै आएको बताए । 
 
“यस विश्विद्यालयबाट उत्पादित र दीक्षित गुणस्तरीय जनशक्तिले देशभित्र मात्र होइन विदेशमा समेत विभिन्न महत्वपूर्ण संस्थाहरूमा आबद्ध भई उत्कृष्ट सेवा पु¥याउँदै आएको छ, जुन हामी सबैका लागि गर्वको विषय हो”, प्रधानमन्त्री देउवाले भने ।
 
विश्वविद्यालय भनेको विद्यार्थीहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उनीहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उद्घाटित गरी समाज र देशको हितका लागि उपयोग गर्न सहयोग पु¥याउने पवित्र शैक्षिक केन्द्र भएको बताउँदै उहाँले विश्वविद्यालय राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने सुझाव दिए । 
 
विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनको संवाहक बन्न सक्नुपर्ने उल्लेख गर्दै उनले त्यसमा काठमाडौँ विश्वविद्यालय देशकै उत्कृष्ट र गुणस्तरीय  विश्वविद्यालयको सूचीमा अग्रपङ्क्तिमा रहेकामा खुसी व्यक्त गरे ।
 
प्रधानमन्त्री देउवाले विश्वविद्यालयले परम्परागत विषयका साथै मुलुकभित्र लुकेर रहेका खनिज पदार्थको पहिचान र विकास, ग्रिन हाइड्रोजन उत्पादन, जलविद्युत्को स्तरीय उत्पादन, वातावरणमैत्री सहर व्यवस्थापन, वनौषधीय जडीबुटीको खोज, अनुसन्धान र प्रवर्द्धन, जलवायु परिवर्तन न्यूनीकरणलगायतका विषयमा पनि शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ध्यान दिनेछ भन्ने अपेक्षा लिए ।
 
मुलुकमा भर्खरै मात्र प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि चुनाव सम्पन्न भई नयाँ सरकार निर्माण हुने चरणमा रहेको उल्लेख गर्दै उनले नयाँ सरकारले मुलुकको उच्च शिक्षाको विकास र विस्तारका लागि विभिन्न नीति र कार्यक्रमहरू कार्यान्वयनमा ल्याउने र त्यस क्रममा यो विश्वविद्यालय पनि लाभान्वित हुने विश्वास दिलाए । रासस