मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट

मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट


काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै मंगलबार रिट निवेदन दायर गरेका छन् ।
 
रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालय विपक्षी बनाएको छ । 
 
उक्त निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का महेश बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गरी निर्वाचित भएका थिए भने नेता खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए । रासस