मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपाल स्काउट गाइड फेलोसिपबाट रत्ननगरका नगरप्रमुख र उपप्रमुख दीक्षित

नेपाल स्काउट गाइड फेलोसिपबाट रत्ननगरका नगरप्रमुख र उपप्रमुख दीक्षित


चितवन । नेपाल स्काउटको अभिभावकीय संस्था नेपाल स्काउट गाइड फेलोसिप (एनएसजिएफ)को आयोजनामा बिहीबार चितवनको रत्ननगरमा दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको छ । 
कार्यक्रममा रत्ननगरका नगरप्रमुख प्रल्लाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक र नगरशिक्षा अधिकारी बद्रीनारायण शर्मालाई स्काउटको पोसाकसहित एनएसजिएफका सभापति एवं नेपाल स्काउटका पूर्वआयुक्त श्रीराम लामिछानेले दीक्षित गरेका हुन् । 
सो अवसरमा सभापति लामिछानेले अन्तर्राष्ट्रिय संस्था स्काउटले व्यक्तिलाई अनुशासित, जिम्मेवार, कामप्रति बफादार र कर्मठ बनाउने हुँदा संस्थामा आवद्ध भएर सही काम गर्न दीक्षित सदस्यहरुलाई निर्देशन दिए । सो अवसरमा नगरप्रमुख सापकोटालाई एनएसजिएफको विशिष्ट सल्लाहकारमा मनोनीत गर्नुको साथै आजीवन सदस्यता प्रदान गरिएको थियो ।  
समारोहमा दीक्षित भएका नगरप्रमुख सापकोटाले नेपाल स्काउटले गरेका मानवीय तथा विपद् व्यवस्थापनलगायतका कार्यबाट आफू अन्यन्तै प्रभावित भएको बताउँदै स्काउटका हरेक गतिविधिमा सहयोग र समन्वयकारी भूमिका रहने बताए । उनले स्काउट संस्थाप्रति अत्यन्त श्रद्धा रहेको र यसको आधारभूत सिद्धान्त, प्रतिज्ञा र नियमको मार्गदर्शनलाई आफूले अवलम्बन गर्ने विश्वास व्यक्त गरे । 
कार्यक्रममा नगरशिक्षा अधिकारी शर्माले नेपाल स्काउटप्रति रत्ननगर नगरपालिकाले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा पनि स्काउटका कार्यक्रमहरुमा हातेमालो गर्दै अघि बढ्ने बताए । 
कार्यक्रममा एनएसजिएफका उपसभापति तीर्थराज न्यौपाने, रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, स्काउट रत्ननगरका आयुक्त वैकुण्ठ मरहठ्ठालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एनएसजिएफका केन्द्रीय सदस्य एवं स्काउटर मुक्तिनाथ ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।