मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

दिल्लीमा भाजपाको चुनावी हार, आम आदमी पार्टीको बहुमत

दिल्लीमा भाजपाको चुनावी हार, आम आदमी पार्टीको बहुमत


नयाँ दिल्ली । दिल्लीको स्थानीय निकायमा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ ।
 
स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो ।
 
हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसिडी) को निर्वाचनमा बहुमत सिटमा विजयी भएको छ । यद्यपि पूर्ण नतिजा भने घोषणा भइसकेको छैन । 
 
कुल २५० सदस्यीय एमसीडी सदनमा आम आदमी पार्टीले १३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १०४ वडामा विजय हासिल गरेका छन् । 
 
एमसिडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले चाँडै नै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ ।  
 
पछिल्लो एक महिनामा राष्ट्रिय राजधानीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिबद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहोरका थुप्राहरू हटाउने प्रयासहरूसहित दिल्लीलाई स्वच्छ र सफा शहर बनाउने रहेको थियो । सिन्ह्वा 

शेयर गर्नुहोस:

351
Shares