मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ५२ हजार मत गणना, एमाले पहिलो दल

प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ५२ हजार मत गणना, एमाले पहिलो दल


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल ९९ लाख ५२ हजार ५५१ मतगणना भएको छ । 
 
मंगदबार बेलुकी ७ः३० बजेसम्मको गणनाअनुसार नेकपा (एमाले)ले २६ लाख ८१ हजार ७७७ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २५ लाख ३३ हजार ७३७ मत प्राप्त गरेको छ । 
 
नेकपा (माओवादी केन्द्र) ले ११ लाख ४२ हजार ३९७ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९६ हजार २७९ मत प्राप्त गरेको छ । 
 
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६७ हजार ४४४, जनता समाजवादी पार्टीले ३ लाख ८६ हजार २१८ मत प्राप्त गरेको छ । 
 
आयोगका अनुसार जनमत पार्टीले ३ लाख ४४ हजार ४०६ मत, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ८० हजार ६६३ मत प्राप्त गरेको छ । 
 
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ६४२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४७ हजार ४१, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ५५९, हाम्रो नेपाली पार्टीले ५३ हजार ७५९, मङ्गोल नेशनल अर्गनाइजेशनले ४७ हजार ७५० र राष्ट्रिय जनमोर्चाले ४५ हजार ६३४ मत प्राप्त गरेका छन् । 
 
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।