मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : नेता सिटौला

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : नेता सिटौला


बनियानी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् । 
 
झापाको बाह्रदशीमा मतदातालाई धन्यवाद ज्ञापन गर्दै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए । 
 
निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे । 
 
नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको नेता सिटौलाले उल्लेख गरे । 
 
“बहुलवादसित गाँसिएर आएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरङ्कुशतामा अल्झन्छ”, उनले भने ।
 
हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि सङ्गठन विस्तार गर्दै विकास–निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान गरे । रासस