राजनीति-समाज

प्रतिबद्धता पूरा गर्न इमान्दारिताका साथ अघि बढ्छु : विनोद चौधरी

प्रतिबद्धता पूरा गर्न इमान्दारिताका साथ अघि बढ्छु : विनोद चौधरी


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ का नवनिर्वाचित सांसद विनोद चौधरीले निर्वाचनमा आफूले गरेको प्रतिवद्धता पूरा गर्न इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।  
 
बर्दघाटमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले पश्चिम नवलरासीको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताए । 
 
जनताको जीवनस्तर उकास्नका लागि इमान्दारिताका साथ सेवामा खटिने उनको भनाइ थियो । “चुनावको समयमा मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न इमान्दार भएर लाग्नेछु । ती प्रतिबद्धतालाई केवल चुनावी प्रतिबद्धतामा मात्रै सीमित हुन दिन्न”, चौधरीले भने “जनताको जीवनस्तर उकास्न इमान्दारिताका साथ सेवामा खट्ने प्रतिबद्धता व्यक्त गर्छु ।” 
 
मतदाताको सम्मान गर्दै विश्वास टुट्न नदिने बताउँदै कसैलाई पक्ष विपक्षीका रुपमा नलिई नवलरासीकोे समस्या समाधानमा अघि बढ्ने उनको भनाइ थियो । “यस क्षेत्रको गरिबीलाई कसरी हटाउन सकिन्छ ? यहाँको समस्या समाधान गर्नुछ । यसलाई सबैसँग मिलेर व्यवस्थापन गर्नेछौँ ।”