मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनले अन्याय सहँदैन, फेरि पनि न्याय दिनेछ : रवि लामिछाने

चितवनले अन्याय सहँदैन, फेरि पनि न्याय दिनेछ : रवि लामिछाने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको निधारमा लागेको दाग मेट्न आफू राजनीतिमा आएको बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उमेदवार बनेका लामिछानेले नारायणी नदीकिनार नारायणगढमा भएको चुनावी सभामा न्याय नपाउँदा चितवन आउने ठाउँ भएको बताए । 
 
सभामा उनले भने, ‘चितवनले अन्याय सहन्नँ, मलाई हिजो न्याय दिएको ठाउँ हो, चितवन मलाई राजनीतिमा ल्याउनको लागि प्रेरित गर्ने ठाउँ हो, चितवनले फेरि पनि न्याय दिनेछ ।’ उनले भने, ‘नेपालमै केही गर्छु भनेर फर्किंदा ममाथि अपमान भयो, पीडा भयो । तपाईंहरु फर्कनुस् मैलेजस्तो अपमान भोग्न दिनेछैन । भिभिआइपी प्रमाणपत्र दिएर स्वागत गर्न म आफैँ आउनेछु ।’ 
 
उनले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने व्यवस्था आफूले बनाउने बताए । सभामा रवि लामिछानेले आफूबारे निर्वाचन आयोगमा परेको उजुरीबारे जवाफ दिँदै भने, ‘म जिउँदो भएको प्रमाण पनि कुनै दिन यिनीहरुले माग्नेछन् । तँ जिउँदो छस् भन्ने कुरो प्रमाणित गर भन्न पनि यिनीहरु पछि पर्ने छैनन् ।’  
 
उनले यो देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गरेका छन् । उनले भ्रष्टाचारको अन्त्य गर्न पनि यसपटक घन्टीलाई मत दिन आग्रह गरे । लामिछानेको सभामा कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसीलगायत सहभागी भएर घन्टीमा मतदान दिन आग्रह गरेका थिए । 
 
सभामा स्वतन्त्र पार्टीका चितवन क्षेत्र नं १ का उमेदवार हरि ढकाल, ३ का उमेदवार जीता बराल नवलपुर–१ का राजन गौतम, केन्द्रीय सदस्य विपीन आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।