मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्छ : डा. भट्टराई

युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्छ : डा. भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्ने बताएका छन् । 
 
लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले बुधबार आयोजना गरेको ‘बृहत् आमसभा’लाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति युवा पङ्क्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
 
“संविधान निर्माणपछि युवामा धेरै आकाङ्क्षा थियो, त्यो आकाङ्क्षालाई राजनीतिक दलले पूरा गर्न सकेनन्, अहिले युवामा आक्रोश देखिएको छ”, उनले भने । पूर्वप्रधानमन्त्री डा भट्टराईले गठबन्धनले बेरोजगारको अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताए । 
 
कांग्रेस नेता एवं पूर्वकानूनमन्त्री नरहरि आचार्यले देशको विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस नेतृत्वको गठबन्धनले मात्र देशको विकास गर्नसक्ने बताए । “निर्वाचनमा कुनै पनि राजनीतिक दललाई मतदान गर्नुमात्र ठूलो कुरा होइन, उक्त मतको संरक्षण गर्न चनाखो हुनुपर्छ”, उनले भने । पूर्वमन्त्री आचार्यले कांग्रेसले सबै राजनीतिक दललाई समन्वय गर्दै अगाडि बढ्ने हैसियत राखेको बताए ।
 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र( का केन्द्रीय सदस्य कल्पना शर्मा, नेकपा (एकीकृत समाजवादी) का नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक दीपक केसीलगायतले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उमेदवारलाई विजय गराउन आग्रह गरेका थिए । रासस