मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउँछ : वरिष्ठ नेता पौडेल

कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउँछ : वरिष्ठ नेता पौडेल


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताएका छन् । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आइतबार आयोजना गरेको ‘तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उले कांग्रेसले जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्ने बताए । 
 
“तनहुँको यातायात, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विकासमा कांग्रेसको महत्त्वपूर्ण भूमिका रहेको छ, कांग्रेस राजनीतिका लागि राजनीति मात्र नगरेर जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्छ”, उनले भने । लोकतान्त्रिक आन्दोलनको इतिहास तनहुँसँग जोडिएको उनको भनाइ छ ।
 
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताए । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मुलुकको आर्थिक विकास र संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा निर्माण भएको लोकतान्त्रिक–वाम गठबन्धनलाई विजय गराउन आवश्यक रहेको बताए । 
 
तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारीले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँबाट आआफ्नो गाउँमा गएर खट्न आग्रह गरे । 
 
कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधानको रक्षा गर्दै मुलुकको आर्थिक विकास गर्नका लागि गठबन्धन निर्माण गरेको बताए । कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेले तनहुँ सान र विकासका लागि कांग्रेस गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए ।
 
कांग्रेस तनहुँका सभापति एवं तनहुँ क्षेत्र नं २ प्रदेश (२) का उम्मेदवार जीतप्रकाश आले, काँग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं १ प्रदेश ९१० का उम्मेदवार अशोककुमार श्रेष्ठले पार्टीभित्रको आन्तरिक झगडालाई निर्वाचनमा देखाउन नहुने धारणा राखेका थिए । 
 
कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्रले तनहुँको आर्थिक विकासका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको जित आवश्यक रहेको बताए । रासस