मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ठूलो परिमाणको लागूऔषधसहित विभिन्न क्षेत्रबाट २१ जना पक्राउ

ठूलो परिमाणको लागूऔषधसहित विभिन्न क्षेत्रबाट २१ जना पक्राउ


काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित विभिन्न क्षेत्रबाट २१ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको प्रहरीको टोलीले उनीहरूबाट ३३.४ ग्राम खैरो हेरोइन, १५ किलो गाँजा र दुई हजार १४० पिस लागूऔषध एम्पुल बरामद गरेको ब्युरोले बिहीबार एक सूचना जारी गरी जनाएको छ । 

 
उनीहरूका साथबाट रु ११ लाख २५ हजार ५०० समेत बरामद गरिएको ब्युरोका प्रवक्ता योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सोलुखुम्बुका ग्याल्जेन शेर्पा, इलामका दिनेश तामाङ, सिर्जना राई, कृष्ण तामाङ, सरोज राई, नुवाकोटका कृण्णबहादुर राई र सरोज राई, सर्लाहीका रञ्जित गोले, धादिङका शर्मिला तामाङ रहेका छन् । 
 
यस्तै नियन्त्रित लागूऔषधसहित पर्साका सन्दीप दास, मेलिना भण्डारी, उपेन्द्र कुशवाह र दिपुप्रसाद कुशवाह, चितवनका श्रीकृष्ण भण्डारी, पर्साकै कृशन शाह, चन्दन महतो, सुवास सहनी र सप्तरीका चन्दनकुमार दासलाई पनि पक्राउ गरिएको छ । 
 
यस्तै भारत मधुवनीका शम्भुकुमार साह, भारत मेघालयका सन्दीप शर्मा, गोरखाका सचिन देवकोटालगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट रु १३ लाख ६२ हजार मूल्यबराबरको लागूऔषध बरामद भएको जनाइएको छ । रासस
 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

54
Shares