मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ऊर्जा केन्द्रमा रूसी आक्रमणपछि विद्युत सङ्कट टार्न युक्रेनले विद्युत् बचतका उपायहरू लागू गर्दै

ऊर्जा केन्द्रमा रूसी आक्रमणपछि विद्युत सङ्कट टार्न युक्रेनले विद्युत् बचतका उपायहरू लागू गर्दै


किभ । रूसी आक्रमणले देशको ऊर्जा पूर्वाधारमा गम्भीर क्षति पु¥याएपछि युक्रेनले बिहीबार विद्युत् बचतका उपायहरू लागू गर्दै सम्भावित विद्युत कटौतीको तयारी गरेको छ । 
 
रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट एक हप्तामा युक्रेनको कम्तीमा ३० प्रतिशत विद्युत् गृह ध्वस्त भएपछि अधिकारीहरूले युक्रेनी नागरिकलाई आफ्नो विद्युत् खपतमा भारी नियन्त्रण गर्न आग्रह गरेका छन् । 
 
किभका मेयर भिटाली क्लिट्स्कोले उद्यमी, विज्ञापनदाता, पसल, क्याफे र रेस्टुरेन्टलाई सकेसम्म स्क्रिन र विद्युतको अतिआवश्यक बाहेकका अनावश्यक सेवालाई नियन्त्रण गर्न आग्रह गरेका छन् । 
 
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सानो तिनो बचत र हरेक घरमा विद्युत् खपतमा कमी आउँदा पनि राष्ट्रिय ऊर्जा प्रणालीको सञ्चालनलाई स्थिर बनाउन मद्दत पुग्नेछ ।”
 
पश्चिमी इभानो–फ्रान्किभ्स्को क्षेत्रले बढी ऊर्जा खपत हुने २० औद्योगिक उत्पादकहरूलाई ऊर्जा प्रयोग कम गर्न तालिकाहरू प्रस्तुत गरेको छ । 
 
एक स्थानीय ऊर्जा आपूर्ति कम्पनीले पानी उमाल्ने मेसिन, विद्युतीय चुल्हो र वासिङ मेशिनजस्ता उपकरणहरूको प्रयोगलाई ‘कम’ गर्न पनि स्थानीय बासिन्दाहरूलाई आग्रह गरेको छ ।
 
पश्चिममा एल्भिभ र चेर्निभत्सी क्षेत्रका निजी विद्युत प्रदायकहरूले औद्योगिक उद्यमहरूको लागि बिजुली खपत सीमित गर्न एक तालिका सार्बजनिक गरेका छन् ।
 
यद्यपि, यो कदम ‘महत्त्वपूर्ण पूर्वाधार उद्यमहरू’ मा लागू हुँदैन र सर्वसाधारणका लागि विद्युत खपतको कुनै पनि बाध्यकारी निर्देशन दिइएको छैन । 
 
“विद्युतीय यातायात, जाडोमा न्यानो राख्न उपकरणहरू, पानीका लागि प्रयोग हुने मेसिन तथा पम्प, अस्पताल र बेकरी सेवाहरू बिना कुनै प्रतिबन्ध सञ्चालन रहनेछन्,” विज्ञप्तिमा भनिएको छ ।
 
रूसी आक्रमणमा महिनौँसम्म लक्षित गरिएको युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मेट्रो अपरेटरले बिजुली बचत गर्न रेलहरू बीचको अन्तराल बढाउने बताएको छ । एएफपी