मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

लवक सहरमा दसैँतिहार विशेष : राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति

लवक सहरमा दसैँतिहार विशेष : राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति


लवक, टेक्सास । यही अक्टोबर २१ तारिख अर्थात शुक्रबार अमेरिकाको टेक्सास राज्यको लवक सहरमा राष्ट्रिय कलाकारहरूको सहभागितामा विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । 
 
दसैँतिहारको अवसरमा गायकहरु यम बराल, दिपेश के. भट्टराई, सुरेन गौतम र रिमा विश्वकर्माको प्रस्तुति रहेको आयोजकले जानकारी दिएको छ । यहॉस्थित एक ला कोइन्ता इन एण्ड सुइट नामक होटेलमा आयोजना गरिएको कार्यक्रममा डिजे संगीतको संयोजन न्यूयार्क निवासी सूर्य खड्काले गर्ने भएका छन् । 
 
बादलुको घुम्टोले इलाम बजार छोपिँदा, निष्ठुरीले छाडेर गइहालीलगायत सयौँ गीतका लोकप्रिय गायक बरालदेखि एकैनजरमा माया बस्यो है, मलाई माफ गरिदेऊ, भेडाको ऊनजस्तोलगायत दर्जनौँ लोकप्रिय गीतका अर्का चर्चित गायक दिपेश किशोरको विशेष प्रतुतिले कार्यक्रममा सहभागीहरूलाई भरपूर मनोरन्जन दिनेछ । 
 
त्यसैगरी रेशमी पर्दा, बा आकाश हुन् लगायत दर्जनौँ गीतका लोकप्रिय गायक सुरेन गौतमको प्रस्तुतले दर्शकहरूलाई थप मनोरन्जन प्रदान गर्ने आयोजक पक्षले विश्वास गरेको छ । 
 
कार्यक्रममा नेपाल आइडल र द भ्वाइस अफ नेपालजस्ता रियालिटी शोहरूमा उद्घोषण गरेर निकै चर्चा कमाएकी कलाकार रिमा विश्वकर्माको प्रस्तुतिले कार्यक्रमको छुट्टै रौनक़ थपिने आयोजक पक्षको दाबी छ । 
 
उनलाई उद्घोषणमा ग्लोबल टक कार्यक्रमका सन्चालक एवं नेपाल अमेरिका पत्रकार संघका पूर्वअध्यक्ष पत्रकार भोला आचार्यले साथ दिने बताइएको छ । यसका साथै कार्यक्रममा स्थानीय कलाकारहरूका प्रस्तुतिहरू पनि रहेका छन् ।
 
मनोरन्जनका साथै प्रवासमा रहे पनि गीतसंगीतको माध्यमबाट नेपाली कलासंस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक चन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।