मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस्कर–ए–तोयवाका सदस्यलाई आतङ्कवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार

लस्कर–ए–तोयवाका सदस्यलाई आतङ्कवादी घोषणा गर्ने प्रस्ताव चीनद्वारा अस्वीकार


न्युयोर्क । चीनले लस्कर–ए–तोयवा (एलइटी)का सदस्यलाई विश्व आतङ्कवादी घोषणा गर्ने भारत र अमेरिकाको प्रस्तावप्रति असहमति जनाएको छ । 
 
भारत र अमेरिकाको सहयोगमा पाकिस्तानस्थित उक्त समूहका सदस्य शाहिद महम्मदलाई विश्व आतङ्कवादीका रूपमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत प्रस्तावलाई चीनले अस्वीकार गरेको हो । यसअघि पनि तीनपटक प्रस्तुत भइसकेको उक्त प्रस्तावको विपक्षमा चीन उभिएको थियो । 
 
अमेरिका र भारतले बुधवार महमुदलाई राष्ट्रसङ्घीय सुरक्षा परिषद्को १२६७ अल–कायदा प्रतिबन्ध समितिअन्तर्गत वैश्विक आतङ्ककारीका रूपमा कालोसूचीमा राख्ने प्रस्ताव पेश गरेका थिए । एलइटीका सदस्य साजिद मीर, एलइटी र जमात–उद–दावाका नेता अब्दुल रहमान मक्की र अब्दुल रउफलाई आतङ्कवादीमा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो । 
 
यसअघि पनि चीनले साजिद मीरलाई विश्व आतङ्कवादी घोषणा गर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो । मीर एलइटीका शीर्ष ‘कमाण्डर’ हुन् । उनी सन् २००८ को मुम्बईमा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकारमध्येका एक हुन् । मीर भारत र पश्चिमी देशलगायत धेरै देशका नागरिकहरूको मृत्युका निम्ति जिम्मेवार मानिन्छन् । 
 
सन् २००८ को नोभेम्बर २६ मा एलइटीका १० जना आतङ्वादी समुद्रीमार्गबाट मुम्बइ पुगेका थिए । उनीहरूले ताज मुम्बइ होटलमा आक्रमण गर्दा १८ जना सुरक्षाकर्मीसहित एक सय ६६ जनाको ज्यान गएको थियो । आतङ्कवादीले तीन दिनसम्म होटलमा बसेकाहरूलाई बन्दी बनाएका थिए । एएनआई