मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दक्षिणी युक्रेनको आणविक प्लान्टका करिब ५० कर्मचारी रूसको नियन्त्रणमा

दक्षिणी युक्रेनको आणविक प्लान्टका करिब ५० कर्मचारी रूसको नियन्त्रणमा


किभ । युक्रेनको सरकारी आणविक संस्था इनर्गोेएटमका प्रमुखले मस्कोको कब्जामा रहेको दक्षिणी युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्रका करिब ५० जना कर्मचारीलाई रुसी बन्दीगृहमा राखिएको बताएका छन् ।  
 
प्रमुख पेट्रो कोटिनले एएफपीसँग भने, “फेब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएदेखि प्लान्टका कर्मचारीबाट १५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ, तीमध्ये केहीलाई पछि रिहा गरिएको थियो, तर केही व्यक्तिहरूको अवस्था अज्ञात छ ।” उनले भने, “करिब ५० जना प्लान्टका कर्मचारी अझै पनि थुनामा छन् ।” 
 
कोटिनले एक अन्तर्वार्तामा भने, “उनीहरूले बेलाबेलामा प्लान्टका कर्मचारीहरूको अपहरण गर्छन्, प्लान्टका महानिर्देशक इगोर मुराशोभलाई यसै महिनाको सुरुमा रिहा गर्नुअघि धेरै दिनसम्म रूसी सेनाको कब्जामा राखिएको थियो । 
 
“उनलाई तीन दिनदेखि भवनको भूमिगत संरचना (बेसमेन्ट) मा राखिएको थियो । टाउकोमा झोला राखेर एक दिन कुर्सीमा बस्दा के त्यो यातना होइन र ?” कोटिनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का प्रमुख राफेल ग्रोसीको भूमिकाको प्रशंसा गर्दै मुराशोभको बारेमा भने । 
 
इनर्गोेएटमले रूसले जापोरिजिया प्लान्टका अन्य दुई वरिष्ठ कर्मचारी, सूचना प्रविधि प्रमुख ओलेग कोस्टयुकोभ र प्लान्टका सहायक महाप्रबन्धक ओलेग ओशेकालाई हिरासतमा लिएको आरोप लगाएको छ । कम्पनीले सामाजिक सञ्जालमा उनीहरूलाई ‘अपहरण’ गरिएको र ‘अज्ञात गन्तव्यमा लगिएको’ बताएको छ ।
 
गत हप्ता इनर्गोएटमले रुसले प्लान्टका मानव संशाधन उपमहानिर्देशक भालेरी मार्टिनियुकलाई हिरासतमा लिएको र दुर्व्यवहार गरेको बताएको थियो । आणविक स्थलका विज्ञहरू रहेको आइएईएले मङ्गलबार अबेर जारी गरेको वक्तव्यमा मार्टिनिकलाई रिहा गरिएको घोषणा गरेको छ ।
 
कोटिनले एएफपीसँग कुरा गर्दै मार्टिनिकलाई चार वा पाँच दिनसम्म हिरासतमा राखिएको र प्लान्टमा उनीहरूको (रुसी) नीतिसँग सहमत रहेको बयानमा हस्ताक्षर गर्न बाध्य पारिएको बताएका छन् । कोटिनले त्यहाँ समातिएका १५० जनामध्ये ‘मारिएका’ र ’यातना भोगेकाहरू’ रहेको दोहो¥याए । 
 
कोटिनका अनुसार कम्पनीले आगामी दिनमा हिरासतमा लिइएका सबैको सूची सार्वजनिक गर्न लागेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको प्रारम्भिक दिनहरूमा मार्चको सुरुमा रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरिजिया आणविक ऊर्जा केन्द्र कब्जा गरेको थियो ।
 
मस्को र किभले एकआपसमा रूसको नियन्त्रणमा रहेको उक्त केन्द्र नजिकै महिनौंदेखि गोलाबारी गरेको आरोप लगाउँदै आएका छन्, जसले आणविक विपत्तिको डर पैदा गरेको छ र युक्रेनको आणविक केन्द्रवरपरका क्षेत्रहरूलाई सैन्यीकरण गर्न आह्वान गरेको छ । एएफपी