मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसको ड्रोन र क्षेप्यास्त्र आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

रुसको ड्रोन र क्षेप्यास्त्र आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की


किभ । रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बताएका छन् । रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको छ । 
 
रुसले कामिकाजे ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेका छन् । दुश्मनले हाम्रा सहरहरुमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन’  उनले बताएका छन् ।  
 
राजधानीका मेयरले दुई जना भग्नावशेषमुनी फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेका छन् । 
 
रुसी ‘कामिकाजे ड्रोन’द्वारा किभमा आक्रमण
 
रुसले सोमबार बिहान  किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ ।  युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौँको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ ।
 
किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ । ‘राजधानीमा कामिकाजे ड्रोनद्वारा हमला गरिएको छ,’ राष्ट्रपतिका चिफ अफ स्टाफ एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भनेका छन् ।  
 
‘हामीलाई थप वायु रक्षा प्रणाली र सकेसम्म चाँडो चाहिन्छ । आकाशको रक्षा गर्न र शत्रुलाई नष्ट गर्न थप हतियारहरु चाहिएको’ उनले बताएका छनत् । रसियाले युक्रेनको राजधानी र देशका विभिन्न सहरहरुमा क्षेप्यास्त्र आक्रमणको ठूलो लहर जारी गरेको एक हप्तापछि आक्रमणहरू भएका जनाइएको छ  । 
 
किभका मेयर भिटाली क्लिट्स्कोले ड्रोन आक्रमणले केन्द्रीय सेभचेन्किभ्स्की जिल्लाका धेरै भवनमा आगो लागेको र त्यहाँका बासिन्दाहरूलाई शरण लिन चेतावनी दिएको बताएका छन् । सिन्ह्वा/एएफपी