एनआरएन विशेष

एनआरएनए महासचिव गौरी जोशीलाई मातृ शोक

प्रकाशित |
चितवन- व्यवसायी तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) महासचिव गौरीराज जोशीलाई मातृशोक परेको छ । उनका ममतामयी आमा भुपा कुमारी जोशीको ७२ वर्षको उमेरमा विहिवार चितवनमा निधन भएको हो ।

स्वर्गीय जोशी केही समय देखि अस्वस्थ्य हुनुहुन्थ्यो । उहांको चिवतन स्थित अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। उहांका चार छोरा र एक छोरी छन् । नेपाल र अमेरिकामा व्यवसाय गर्दै आएका गौरी जोशी माहिला छोरा हुन् । आमाको स्वास्थ्य र हेरविचारका लागि केही दिन देखि गौरी जोशी नेपालमै थिए ।

शुक्रवार विहान देवघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ। जोशी परिवारमा परेको यो शोक प्रति एनआरएनए पदाधिकारी लगायतले गहिरो दुख्ख व्यक्त गरेका छन् ।
 
हिमालयखवर परिवार जोशी परिवारमा परेको यस शोक प्रति गहिरो दुख्ख व्यक्त गर्दै दिवगंत आत्माको चिरशान्तिको कामना गर्दछौं ।
 

हिमालयखवर संवाददाता

हिमालयखवर संवाददाता -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया