मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसका बागी उमेदवार पाँच वर्षका लागि निष्कासित

कांग्रेसका बागी उमेदवार पाँच वर्षका लागि निष्कासित


काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको समयभित्र फिर्ता नलिने बागी उम्मेदवार र निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ ।
 
कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप कांग्रेसका आधिकारिक उमेदवार, सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिने बागी उम्मेदवारलाई पार्टी विधानबमोजिम कारबाही गरेको हो ।
 
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उमेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधानअनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको जानकारी गराएका छन् । रासस