मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भ्रष्टाचार अभियोगमा नेत्री सुकीलाई २६ वर्षको जेल सजाय

भ्रष्टाचार अभियोगमा नेत्री सुकीलाई २६ वर्षको जेल सजाय


म्यान्मार । सेना शासित म्यान्मारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको छ । बुधबार सुनाइएको निर्णयअनुसार नेत्री सुकीलाई २६ वर्षको जेल सजाय तोकिएको छ । 
 
७७ वर्षीया सुकीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले उनको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो । उनले आफूमाथि लगाइएका आरोपको अस्वीकार गरेकी छन् । नेत्री सुकीमाथि लागूऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घूस लिएको आरोप लगाइएको थियो ।
 
सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । नेत्री सुकीलाई भ्रष्टाचार विरोधी ऐनअन्तर्गत जम्मा १२ वटा मुद्दा लगाइएको छ जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ ।
 
उनलाई अवैधरूपमा वाकी–टकीहरू आयात गरेर राखेको, कोरोना भाइरसविरुद्धका प्रतिबन्धहरू उल्लङ्घन गरेको, देशको गोप्य ऐन उल्लङ्घन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठह¥याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो ।
 
नेत्री सुकीका समर्थकहरू र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिकरूपमा प्रेरित रहेका र उनलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । आगामी वर्ष हुने निर्वाचनमा उनलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको उनीहरूको कथन छ । 
 
नेत्री सुकीविरुद्धका मुद्दाको सुनवाइ राजधानी नेपिटोको बाहिरी भागमा अवस्थित मुख्य कारागारको एउटा कोठामा भएको छ । उनलाई हिरासतमा लिइएदेखि सार्वजनिकरूपमा बोल्न वा भेटघाट गर्न दिइएको छैन । उनका वकिलहरूलाई पनि मुद्दाका बारेमा सार्वजनिकरूपमा बोल्न अनुमति दिइएको छैन । एपी