मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पार्टीबाट टिकट नपाएका यी चर्चित अनुहार !

पार्टीबाट टिकट नपाएका यी चर्चित अनुहार !


काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चर्चित नेताहरूले टिकट पाएनन् । पार्टीभित्र र बाहिर पनि चर्चामा रहने नेताहरूलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले नै टिकट नदिएको हो । पार्टीबाट टिकट नपाएपछि केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उमेदवार नबनेको बताउँदै आफ्नो बचाउ गरेका छन् ।
सभामुख अग्नि सापकोटा उमेदवार बनेका छैनन् । उनले युवाका लागि छाडिदिएको बताए । २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित उनी यसपटक उमेदवार नै बनेनन् । उनले आफ्ना भतिज माधव सापकोटालाई उमेदवार बनाए ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसपटक चुनावी मैदानमा उत्रिएनन् । युवालाई छाडेको बताएका भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहयोग गर्ने भएका छन् । डा. भट्टराईले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँ ७ बाट उम्मेदवार बनाएका छन् ।
यसैगरी एमालेका भीम रावल, घनश्याम भुसाल, रामवीर मानन्धर, गंगा चौधरीले टिकट पाएनन् । पार्टीले टिकट नदिएपछि भुसालले रुपन्देही १, रामवीर मानन्धरले काठमाडौँ ७ र गंगा चौधरीले दाङ १ बाट स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् ।
कांग्रेसका डा. मीनेन्द्र रिजाल, अमरेशकुमार सिंह, डा रामशरण महतले पनि टिकट पाएनन् । सिंहले भने सर्लाही ४ बाट स्वतन्त्र उमेदवारी दिएका छन् । रिजाल र महत समानुपातिकमा समेत परेनन् ।
माओवादीका अग्नि सापकोटासहित कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, हेमराज भण्डारीले पनि पार्टीबाट टिकट पाएनन् । भण्डारीले धनकुटाबाट स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् । अरुले उम्मेदवारी नै दिएनन् ।
मुख्यमन्त्री भइसकेका एमालेका डोरमणि पौडेल र माओवादीका त्रिलोचन भट्टले पनि यसपटक टिकट पाएनन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका कुलप्रसाद केसीलाई पनि माओवादीले टिकट दिएन ।
एकीकृत समाजवादीका महासचिव डा. विजय पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका भवानीप्रसाद खापुङ, हीराचन्द्र केसीले पनि टिकट पाएनन् ।