मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ


काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । 
 
काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । पीडित बालिकाले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएकाले उनलाई त्यहीँ लगिएको हो । लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने बताइएको छ । 
 
लामिछाने विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफूलाई लामिछानेले बलात्कार गरेको जाहेरी दर्ता गराएकी थिइन् । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न नेपाल बाहिर गएका थिए ।