मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान

राष्ट्रसंघीय प्रमुखद्वारा शान्ति र सद्भावका लागि आह्वान


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सद्भाव कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह गरेका छन् । 
 
विश्व अहिंसा दिवसका अवसरमा आइतबार दिएको एक सन्देशमा उनले विश्वमा शान्ति सद्भाव एवं पारस्पारिक सम्मानका लागि विश्व समुदायसँग आग्रह गरेका हुन् । 
  
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले विश्व अहिंसा दिवस अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनमा मात्र मनाएको नभएर विश्वका नागरिकहरुमा आपसमा शान्ति र आपसी सम्मान कायम गर्न मनाइने गरेको बताए । 
 
महासचिव गुटरेसले मानिसले एकले अर्कोलाई आपसमा सम्मान र माया दर्शाउन सकेमा विश्वमा शान्तिको स्थापना गर्न गाह्रो नभएको भन्दै उनले अहिंसावादी नेता महात्मा गान्धीबाट यो प्रेरणा लिन सकिने बताए ।
 
उनले अहिले विश्वमा आन्तरिक द्वन्द्व, राजनीतिक बेमेल, गरिबी, जलवायु परिवर्तनलगायतका विभिन्न कारणले विश्वमा हिंसा बढ्दै गएको बताउँदै यसबाट बच्नका लागि पनि अहिंसात्मक सोच राख्नुपर्ने बताएका छन् । 
 
सो सन्देशमा उनले भनेका छन्– हामीले आगामी विश्वलाई शान्तिपूर्ण बनाउन र नागरिकहरुमा हाल देखा परेका यी हिंसात्मक गतिविधीहरुबाट टाढा राख्नका लागि महात्मा गान्धीको अहिंसा र मानवीय सम्मानको व्यवहारबाट प्रेरणा लिन सक्दछौँ ।
 
विश्वमा अहिंसा दिवसका अवसरमा महासचिव गुटरेसले दिएको सो सन्देशमा उनले विश्वमा सम्पन्न देशले तेस्रो विश्वमा देशहरलाई सहयोग गर्नुपर्नेमा पनि जोड दिएका छन् । 
 
जलवायु परिवर्तन, गरिबी, आन्तरिक राजनीतिक द्वन्द्व आदि कारणहरुले तेस्रो विश्वका देशहरु पछि परिररहेका कारण ती देशलाई सहयोग गर्नुपर्नेमा उनले सो सन्देशमार्फत् जोड दिएका छन् । सिन्ह्वा